काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसहित बहुमत सचिवालय सदस्यको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरको छ। बिहीबार साँझ भैंसेपाटीमा बसेको बैठकले निर्णय फिर्ता लिन ओलीलाई दबाब दिने निर्णय गरेको हो।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - हमीले २४ घण्टाभित्र निर्णय फिर्ता लिन आग्रह गरेका छौुं, बैठकमा सहभागी एक नेताले भने, ‘अध्यादेशको निर्णय फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने छौं ।’ ती नेताका अनुसार बैठकमा ओलीले गरेका पछिल्ला कामहरुको बारेमा पनि छलफल भएको थियो।
बैठकमा सहभागी सबै नेताहरुले अध्यादेश फिर्ता लिनुपर्ने बताएका थिए। प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए। नेकपाभित्रको आन्तरिक विवाद चुलिदै गएको अवस्थामा बसेको यो बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ।
नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलबाहेक अरु ६ नेता भैंसीपाटीमा सहभागी थिए। भैंसीपाटीमा बैठक बस्दै गरेको अवस्थामा प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए। विवादित अध्यादेशका बारेमा परामर्श गर्न ओली शीतल निवास गएका हुन्।
बैठकमा सरकारको भूमिका, सरकारका गलत कदमका कारण पार्टी बद्नाम भएकोलगातका आन्तरिक विषयलगायतमा छलफल भएकव थियो। मधेसवादी पार्टीलाई फुटाउने योजनाअनुसार अध्यादेश जारी भएपछि रातारात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता घोषणा भएपछि यसले सरकार थप बद्नाम भएको आरोप असन्तुष्ट पक्षले लगाएको छ।
पछिल्लो समय सरकारका कदम र कार्यशैलीलाई लिएर पार्टीभित्रै तीव्र असन्तुष्टी पैदा भएको छ। तत्कालीन शेरबहादुर देउवाको सरकार छँदाको सत्ता समिकरणको फोहरी खेललाई समेत बिर्साउने गरी मधेसवादी दलका सांसद र नेतालाई अपहरण शैलीमा राजधानी ल्याएर मधेसवादी दल फुटाउने असफल प्रयास गरेको आरोप ओलीमाथि लागेको छ। पार्टीभित्र विवाद र विरोध हुँदाहुँदै प्रधानमन्त्रीको विशेष आग्रहमा मन्त्रिपरिषदले पारित गरेको अध्यादेशमा राष्ट्रपतिले केही बेरमै लालमोहर लगाएकी थिइन्।
दुई विवादित अध्यादेश जारी भएपछि राष्ट्रिय राजनीति तरंगित भएको छ भने नेकपाभित्र पनि ठूलै हलचल मच्चिएको छ। दुवै अध्यादेश फिर्ता लिन पार्टीभित्रबाट दबाब दिइएको छ। यसले पार्टीभित्रको आन्तरिक समिकरणलाई नयाँ मोड दिनसक्ने विश्लेषण गरिएको छ।
बुधबार मात्र नेकपाका २० जना स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए। पार्टी एकीकरण भएको दुई वर्ष नाघ्दा पनि अहिलेसम्म आन्तरिक संरचनाले पूर्णता हुन सकेको छैन्। अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन भने पोलिटब्यूरो गठन नै भएको छैन्। स्थायी समिति बस्दै स्थगित हुँदै आएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: