Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

लकडाउनले ११ सडक आयोजनाको काम प्रभावित

काठमाडौं । मुलुकभर जारी बन्दाबन्दीको अवधिमा विकास आयोजनाका कामलाई सञ्चालनका लागि खुकुलो वातावरण बनाए पनि विकास निर्माणको कामले भने अझै पनि तीव्रता लिएको छैन । यसको असर काठमाडौं उपत्यकाभित्रका विस्तार हुँदै गरेको विभिन्न सडक योजनामा परिरहेको छ । विकास निर्माणका लागि लकडाउन खुकुलो पारिए पनि यस बेला मजदुर, निर्माण सामग्रीलगायतको अभावका कारण काम गर्न नपाएको काठमाडौं उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - काठमाडौं उपत्यकाको ११ वटा सडक योजनाको काम प्रभावित बनेको योजना प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । ‘लकडाउनले गर्दा योजनाको अधिकांश काममा असर सडक गरिरहेको छ । मजदुर घर गइसकेका छन् । निर्माण सामग्री छैन । यस्तै अवस्थाले गर्दा केही सडकबाहेक अन्यको काम प्रभावित बनेको छ ।’ उनले भने ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल, इमाडोल–लुभु–लामाटार, ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले, कर्मनासा–हरिसिद्धि–गोदावरी, नख्खुखोला–भैंसेपाटी–बुङमतीलगायत ११ सडकमा विस्तार भइरहेको थियो । लकडाउनले गर्दा निर्माण सामग्री बाँकी रहेको र मजदुर रहेको सडकको काम सरकारको निर्देशनपछि शुरू भएको योजनाले जनाएको छ ।

योजनाका इन्जिनियर लक्ष्मण देवकोटाले जोरपाटी–सुन्दरीजल, इमाडोल–लुभु–लामाटार र ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेलेको मात्रै विस्तार बाँकी काम शुरू भएको बताउनुभयो । सुन्दरीजलमा ह्युमपाइप हाल्ने काम, लेले सडकको जंगलमा कटिङ र पर्खालको काम शुरू भएको उहाँले जानकारी दिए । त्यस्तै निर्माण सामग्री र मजदुर भए पनि कुनै सडकमा स्थानीयको अवरोधका कारण सडक विस्तारको काम हुन नसकेको योजनाका इन्जिनियर लक्ष्मण देवकोटाले जानकारी दिए।

चाबहिल–जोरपाटी सडकको काम गर्न ठेकेदार तयारी भई मजदुर लिई काम गर्न जाँदा स्थानीयले कोरोनाको संक्रमण बढ्ने भन्दै काम गर्न नदिएको उनले बताए । ‘कोरोना भाइरसको संक्रमणका कारण सबै आक्रान्त छन् । यही बेला ठेकेदार मजदुर लिएर बौद्ध–जोरपाटी सडकमा काम गर्न जाँदा स्थानीयको अवरोध आयो । सहज वातावरण नभए काम गर्न सकिन्नँ ।’ –उनले भने ।

यस सडकको काम ५५ देखि ७० प्रतिशतसम्म सम्पन्न भइसकेको छ । असार मसान्तसम्म यस सडकको चाबहिलदेखि साँखुसम्म पँरै सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । पाँच ठेक्का लागेको यस सडकमा एउटा ठेक्का सम्पन्न भइसकेको छ । वर्षात्मा हिलो र खाल्डाखुल्डीमा जमेको पानी र घाम लाग्दा दुलोका कारण यात्रा गर्नेलाई सकस पारेको थियो । भलै यस सडक कालोपत्रे नभए पनि खाल्डाखुल्डीको सकस भने यात्रुले भोग्न नपर्ने गरी काम भएको योजनाले जनाएको छ ।

अब यी सडक योजनाको काम वर्षात् अवधि सकिसकेपछि मात्रै शुरू हुने योजनाले जनाएको छ । ‘चैत–वैशाख महिना विकास निर्माणको काम गर्ने उत्तम अवधि थियो । यही अवधिमा लकडाउन भइदियो । वर्षा पनि शुरू भइसकेको अवस्था छ । अब वर्षात्को महिना सकेपछि मात्रै काम शुरू होला जस्तो छ ।’ –इन्जिनियर देवकोटाले बताउनुभयो ।

योजनाले त्रिपुरेश्वर–कलंकी–नागढुंगामा ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जनाएको छ । यसबाहेक १० देखि ७० प्रतिशतसम्म मात्रै काम सम्पन्न भएको योजनाको दाबी छ । यी सडक २०७१ देखि ०७४ सालदेखि ठेक्का लागेका सडकहरू हुन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: