काठमाडौं । ‘काम गर्ने मान्छेलाई यो शहरमा उसै बस्न गाह्रो हुँदो रहेछ, बरु गाउँ गएर मकै छरेर लकडाउन सकिएपछि आउँछु ।’ सिन्धुली सिरथौलीकी निर्मला तामाङ बन्दाबन्दीको समयमा पनि गाउँ जान पाउँदा खुसी छिन् । उनलाई लकडाउनपछिको १ महिना एउटै कोठामा बिताउन गाह्रो भएको थियो । दैनिक ज्यालादारी गरेर तीन छोरछोरी पढाउँदै आउनुभएका उहाँले झण्डै एक महिना पहिलेदेखि भने हात बाँधेर बस्नुपर्यो ।
तामाङले लकडाउन पहिले १ बोरा चामल, दाल, चिनीलगायतका खाद्यान्न किनेका थिए । त्यही खानेकुरा खाँदै गर्दा वडा कार्यालयबाट पनि राहत पाइन् । आफूले किनेको र राहतको खाद्यान्न घरमै बसेर खाँदा सकिँदै गएकाले उनलाई फेरि पाइने हो कि होइन भन्ने चिन्ता थियो । एउटा सानो कोठामा ३ सन्तानलाई अड्याएर राख्न पनि हम्मेहम्मे परेको थियो । आफ्नो घर गएपछि ढुक्कले बस्न पाइने उनको भनाइ छ । उनले भने, ‘घर गएपछि त मकै, कोदो जेजे छ त्यही खाए भो नि ।’
लकडाउनका कारण खानबस्न कठिनाइ आएकाले घर फर्किने शर्मिला मात्रै होइन । बुधबार साँझ सिन्धुली, सिन्धुपाल्चोक, रामेछापलगायत जाने धेरै व्यक्ति जडीबुटी क्षेत्रमा आफ्नो पालिकाले पठाएको गाडी कुरिरहेका भेटिन्थे । यसरी घर फर्किनेको भीडमा सबैभन्दा बढी दैनिक मजदुरी गर्ने र विद्यार्थी छन् । लकडाउन लम्बिँदै जाँदा आफूसँग भएको रासन र पैसा सकिएपछि उनीहरु घर फर्किन लागेका हुन् ।
सिन्धुलीकै मरिन गाउँपालिकाका प्रेम मगर र दीपेन्द्र मगर पनि घर जानका लागि जडीबुटीमा गाडी कुरिरहेका थिए । लुगाफाटोसहितको ठूलो बोरा बोकेर बिहान खाना खाएपछि गाउँ जानका लागि कपनबाट हिँडेको उनले बताए । सार्वजनिक सवारी साधन चलाउँदै आएका उनीहरु लकडाउनपछि काम गर्न पाएका छैनन् । उनीहरुले पहिले वडामा राहतका लागि फारम भरेनन् । आफूसँग बाँकी रहेको रासन सकिएपछि भरे पनि वडाले बाँड्न बाँकी रहेको उनले बताए । काम गर्न नपाएकै कारण घर जान हिँडेको उनीहरुको भनार्य छ ।
रामेछाप मन्थली नगरपालिकाका सीताराम नेपाली र शर्मिला नेपाली दैनिक ज्यालादारी काम गरेरै २ सन्तानलाई पढाएर बसेका थिए । काम गर्न नपाएपछि उनीहरु घर जाने निधो गरे । कतिपय साथीभाई र आफन्त अघिल्लो साता नै हिँडेर घर फर्किए पनि साना नानीहरु भएकाले घर जान आँट नगरेको सीतारामले बताए । आफूहरु दुई सन्तानलाई डोर्याउँदै मनमैजुबाट कयौँ घण्टा लगाएर जडीबुटी आइपुगेको बताए ।
सिन्धुली दुधौलीका महेश चौधरी र देवी चौधरी पनि साना २ नानी च्यापेर गाडी कुरिरहेका भेटिए । लामो समयसम्म काठमाडौंमा कष्टकररूपमा बस्दै आएका उनीहरु घर फर्किन गाडी पाइने भनेपछि दङ्ग थिए । उनीहरुले एकपटक राहत पाएका थिए । त्यो रासन सकिनै लागेकाले फेरि पाइने हो कि होइन भनी चिन्ता रहेकाले पनि घरै जाने निर्णय गरेको उनीहरुले बताए।
कोटेश्वरचोकदेखि जडीबुटी हुँदै लोकञ्थलीसम्म स्थानीय तहले व्यवस्थापन गरेको गाडीमा घर जानेहरु समूहसमूहमा देखिन्थे । कतिपय मास्क त कतिपय महिलाले आफूले ओढिरहेको पछ्यौरा र सलले आफ्नो र सन्तानको मुख ढाकिरहेको देखिन्थ्यो । उनीहरुमध्ये अधिकांशले सन्तानका लागि भन्दै साथमा चाउचाउलगायतका थोरै खानेकुरा पनि बोकेको देखिन्थ्यो ।
प्रहरीहरु भने उनीहरुलाई व्यवस्थापनका लागि दिउँसोदेखि नै खटिएका थिए । दिउँसो २ बजेदेखि नै यहाँ घर फर्किनेहरु आइरहेको ड्युटीमा खटिएका प्रहरीले जानकारी दिए । साना नानी र झोला च्यापेर बाटोमा प्रहरीको गाली सहँदै घण्टौँ हिँडेर आएका उनीहरु यो दुःखभन्दा पनि घर फर्किन पाउने कुराले दङ्ग छन् । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: