Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

लकडाउन लम्बिँदा खेतीबालीको काम ठप्प

सुर्खेत । लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न एक महिनादेखि लकडाउन गरेको छ । जसले गर्दा एग्रोभेट सेन्टर बन्द हुनुका साथै कृषिजन्य सामग्री ढुवानी र खेतीबालीका अन्य काम प्रभावित भएका छन् । स्थानीय प्रशासनले बीउबिजन, मलखाद पसललाई अत्यावश्यकीय सेवामा समावेश नगर्दा किसानलाई सेवा गर्न नसकेको व्यवसायीले गुनासो पोखेका छन् ।

“यतिबेला बर्खेबाली लगाउने बेला हो, पसल बन्द गर्नुपरेको छ”, वीरेन्द्रनगर जुम्ला रोडस्थित समृद्धि एग्रोभेटका सञ्चालक यामप्रसाद शर्माले भन्नुभयो, “कृषकले न तरकारी लगाउन पाएका छन् न त धानको ब्याड नै राख्न सुरसार गरेका छन् ।” लकडाउनले गर्दा ताजा तरकारीका साथै धान उत्पादनमा भारी गिरावट आउने उनको चिन्ता छ । मल, बीउ नपाउँदा नयाँ बाली लगाउन ढिलाइ भएको छ । प्रशासनले एग्रोभेट सञ्चालन गर्न नदिँदा किसानले करेसाबारी, खेतीबालीमा काम गर्न सकेका छैनन् ।

वीरेन्द्रनगर नगरपालिका–१० का कृषक रत्ना बिसीले बीउ नपाएका कारण जग्गा बाँझो राख्नुपर्ने पीर बढेको बताए । “खेतमा लगाएको गहुँ काटेर सकियो, तरकारी खेती लगाइसक्नुपर्ने हो”, उनले भने, “मकै तथा तरकारी बाली लगाउन जमिन तयार गरेको धेरै समय भइसक्यो, मल र बीउ नपाउँदा त्यत्तिकै रोकियो ।” सरकारले लकडाउनमै मल र बीउको सहज उपलब्ध गराउन अझै ढिला गरे उत्पादनमा निकै कमी आउने कृषक बिसीको चिन्ता छ ।

सुर्खेत उपत्यकाको दक्षिणी भेग धान र तरकारी उत्पादन हुने क्षेत्र हो । यहाँ उत्पादित धान र तरकारीले यहाँको आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पु¥याएको कृषि क्षेत्रका सरोकारवालाले दाबी गर्दै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies