Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कैलालीमा बजार नपाएपछि १० हजार कुखुरा नष्ट

लम्की । कैलाली घोडाघोडीका कुखुरा व्यवसायी पहल देउवाले बजार नपाएपछि चार हजार लेयर्स कुखुरा खाल्डामा गाडेका छन् । देउवाले एक हजार चार सय क्यारेट अण्डा पनि गाडे । ‘‘मसँग १६ हजार पाँच सय लेयर्स कुखुरा छन् । अण्डा उत्पादनका लागि पालेका कुखुरा अण्डा बिक्री नभएपछि खाल्डोमा गाड्न थालेको छु’’, देउवाले भने, ‘‘अण्डाले पनि बजार नपाएपछि १४ सय क्यारेट नष्ट गरिसकेको छु ।’’ देउवालाई दाना खुवाउन नसकेपछि कुखुरा गाड्नुपर्ने बाध्यता रह्यो ।

जानकी गाउंँपालिका–९ का कुखुरा व्यवसायी शिव भाट पनि यतिखेर बजार नपाएर तनावमा छन्। उनीसँग दुई सय कुखुरा बिक्रीका लागि तयार छन् । बजार पठाउने समयमा लकडाउन भएपछि उनलाई कुखुरा पाल्न समस्या भएको छ । ‘‘बजारमा पठाउने तयारी गरेका कुखुरा लकडाउनले बिक्री गर्न पाइएन’’, भाटले भने, ‘‘दाना पनि खरीद गर्न पाइएन, आजभोलि पूरा आहारा खुवाउन सकिएको छैन ।’’ भाटले कुखुराको तौल घट्दै गएको बताए। ‘‘तीन किलो तौल भएका कुखुराको तौल घटेर दुई किलो भएको छ’’, भाटले भने, ‘‘ऋण गरेर गरेको व्यवसाय बजार नपाउंँदा समस्या भयो ।’’

व्यवसायी सन्दीप विकले व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएकाले सरकारले सामाजिक दूरी कायम गरेर मासु पसल खोल्न दिनुपर्ने माग गरे । ‘‘मासु पसल र अण्डा बिक्री गर्ने वातावरण मिलाउनुपर्छ’’, विकले भने, ‘‘ कुखुरा व्यवसायीका बारेमा सरकारले ध्यान नदिने हो भने मासु उत्पादकहरु निरुत्साहित हुन्छन् ।’’

कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीले लकडाउनका बेला तयार भएका १० हजार कुखुरा गाडिसकेको छ । ‘‘चल्ला भने दैनिक २० हजारसम्म गाडिन्छन्’’, सङ्घका अध्यक्ष भुवन पाण्डेले भन्नुभयो, ‘‘अहिले कैलालीमा दुई लाख कुखुरा तयार छन्, सरकारले बिक्रीको व्यवस्था मिलाउनुपर्छ ।’’

सुदूरपश्चिमको पोल्ट्री व्यवसायमा गरिएको रु ६ अर्ब लगानी लकडाउनका कारण डुब्ने अवस्थामा रहेको पाण्डेले बताए । ‘‘अबको १५ दिन यस्तै रहे यसको असर ६ महिनासम्म रहन्छ’’, पाण्डेले भने, ‘‘कुखुरा मात्र होइन, अण्डा, चल्ला पनि नष्ट गर्नु परेकाले समस्या भएको हो । अब उपभोक्ताले मासु खान खोजेमा ६ महिना कम्तीमा कुर्नुपर्छ ।’’
कुखरा पालक किसान उत्पादन खपत नभएर समस्या भएको बताउंँछन् । ब्रोइलर कुखुरा ४५ देखि ५० दिनभित्र खाइसक्नुपर्छ । यी कुखुरा धेरै दिन राख्न सकिँदैन । कैलालीमा दुई हजार दुई सय संगठित कृषक छन् । असी लेयर्स र दुई हजार १२० ब्रोइलर कुखुरापालक छन् । हरेक कृषकले पाँच सयभन्दा बढी कुखुरा पालेका छन् । त्यसभन्दा कम पाल्नेले संघमा आबद्धता पाउँदैनन् ।

‘‘किसानले कुखुरा बिक्री गर्न नपाएका मात्र होइनन्, दाना पनि किन्न पाएका छैनन्’’, पाण्डेले भन्नुभयो, ‘‘घाटा बेहोर्न थालेपछि किसानले कुखुरा खाल्डोमा पुर्न थालेका हुन् ।’’ गृह मन्त्रालयले मासु अत्यावश्यक वस्तुभित्रै पर्ने भन्दै ओसारपसार र बिक्रीवितरणमा रोक नलगाउन निर्देशन दिए पनि मासु पसल बन्द भएपछि कुखुरा बिक्रीमा समस्या भएको हो । किसानले कुखुरा कैलालीमा रु दुई सय १० प्रतिकिलोमा बिक्री गर्छन् ।

व्यवसायी बिक्री गर्न तयार भए पनि बजार बन्द रहेकाले मासु खपतमा समस्या भएको टीकापुर नगरपालिकाका पशु प्राविधिक श्यामराज पाण्डेले बताए । ‘‘व्यवसायीले दैनिक फोन गर्न थालेका छन् तर केही सहयोग गर्न सकिएको छैन’’, पाण्डेले भने, ‘‘यो देशैभरिको समस्या हो ।’’ पाण्डेका अनुसार कैलालीमा मासिक १५ टन(करीब १५० क्विन्टल) मासु उत्पादन हुन्छ । अहिले दैनिक डेढ क्विण्टल(मासिक करीब चार क्विन्टल) पनि बिक्री हुन सकेको छैन । अध्यक्ष पाण्डेले भने, ‘‘अण्डा दैनिक दुई लाख गोटा उत्पादन हुन्छ । अण्डा बिक्री शून्य जस्तै छ, हामी अहिले दैनिक रु ढाइ लाख घाटामा छौँ ।’’ कैलाली मासुमा आत्मनिर्भर जिल्ला हो । यहाँ उत्पादित मासु सुदूरपश्चिम तथा प्रदेश नं ५ का पहाडी जिल्लामा समेत जान्छ । यहाँ उत्पादित अण्डाले भने जिल्लाको ४० प्रतिशत बजार ओगटेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending