Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

उदयपुरमा कोरोना सङ्क्रमति बढ्दै गएपछि लहानमा त्रास, तत्काल आवतजावत रोक्न माग

लहान । उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस(कोबिड १९) को सङ्क्रमण पुष्टी भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् ।

उनीहरुले छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएकाले सिरहाको लहान उच्च जोखिमा परेको भन्दै उदयपुर जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरुपमा रोक्नुपर्ने माग गरेका हुन् । उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले लहान पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले उदयपुरबाट हुने आवतजावत तत्काल रोक्न स्थानीय प्रशासनसँग माग गरेका छन् । आवतजावत रोक नलगाए स्थिति भयावह हुन सक्ने भएकाले लहानको पूर्वी प्रवेश नाकाबाट सर्वसाधारणको प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुपर्ने नागरिक अगुवा रामानान्द गुप्ताको भनाइ छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा कोरोना सङ्क्रमितको संख्या २४ जना पुगेपछि सिरहाको लहानमा त्रास बढेको हो । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको बिगत एक महिनादेखि दैनिक जीवन प्रभावित हुँदै आएको छ । यता सुरक्षाकर्मीले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् ।

यसैबीच लकडाउनको मारमा परेका गरिब, विपन्न, असहाय र मजदूरलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले आजदेखि राहत वितरण शुरु गरेको छ । सखुवानन्कारकट्टी गाउँपालिकाले वडा नम्बर १ मौवाहीबाट राहत वितरण गर्न शुरु गरेको हो । प्रति परिवार १५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, दुई किलो चिनी, एक लिटर तेल, २५० ग्राम मिक्स मसला, ह्यान्डवास र साबुन एक÷एक थानका दरले वितरण गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।

यसैगरी भाग्य सुरक्षा कृषि सहकारी संस्था लिमिटेडले लहान नगरपालिका—९ का ४० अति विपन्न मजदूर परिवारलाई राहत वितरण गरेको छ । प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, दुई किलो आलु, आधा लिटर खाने तेल, एक किलो नुन तथा दुई सय रुपैयाँ नगदका दरले राहत वितरण गरेको संस्थाका अमृतलाल चौधरीले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending