सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक पाँच घण्टा मात्र पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । मङ्गलबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि प्रशासन कार्यालयमै भएको यही वैशाख २ गतेको बैठकले वैशाख ३ गतेदेखि लागु हुने गरी बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र दूध, फलफूल, तरकारी तथा खाद्यान्न सामग्रीका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त समय अपुग भएको भन्ने गुनासो बढेपछि उपभोक्ताहरुको सहजतालाई लागि ख्याल गर्दै पछिल्लो बैठकले बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म ती पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
बैठकले एक साताका लागि मात्र आयातका लागि लगाएको प्रतिबन्धको समय थप गरेको छ । वैशाख २ गतेको बैठकले ९ गतेसम्मका लागि तराईलगायत अन्य जिल्लाबाट यस जिल्लाको प्रयोजनको लागि फलफूल, माछा, मासु, अण्डा, कुखुरा, चल्ला, हरियो तरकारी ढुवानीमा प्रतिबन्ध लगाएको थियो । ती वस्तु आयातमा यही वैशाख १५ गतेसम्म आयातमा प्रतिबन्ध लगाइएको सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
यस्तै बैठकले जिल्लाभित्र खाद्यान्न ढुवानीमा लगाएको प्रतिबन्ध हाललाई खुल्ला गर्ने निर्णय गरेको छ । जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध हुँदा शान्ति सुरक्षा आपतकालीन तथा अत्यावश्यक सेवा सञ्चालनमा तथा आवतजावतमा समेत समस्या परेको हुँदा स्थानीयवासीले थुनछेक तथा अवरोध गरेको बाटो खुलाउनेसमेत निर्णय गरेको छ ।
बैठकले सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना नियन्त्रण गर्ने, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आँच आउन नदिने तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: