Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

साउदी अरबमा १ सय ८४ जनालाई मृत्युदण्ड

एजेन्सी । साउदी अरेबियाले सन् २०१९ मा १८४ जना व्यक्तिलाई मृत्युदण्ड दिएको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।

विश्वभरि मृत्युदण्ड पाउनेको सङ्ख्यामा कमी आएका बेला उसले भने अघिल्लो वर्षको तुलनामा धेरैलाई मृत्युदण्ड दिएको हो।

गत वर्ष इराकमा पनि मृत्युदण्ड दिइएको सङ्ख्या दोबर बढेर एक सय पुगेको थियो।

दुई सय ५१ जनालाई मृत्युदण्ड दिएको इरान चीनपछि धेरै मृत्युदण्ड दिने देश बनेको छ।

यद्यपि, विश्वव्यापी रूपमा भने लगातार चार वर्षदेखि मृत्युदण्ड पाउनेको सङ्ख्यामा कमी आएको छ।

सन् २०१८ को दाँजोमा सन् २०१९ मा पाँच प्रतिशतले घटेर जम्मा ६५७ जनालाई मात्रै मृत्युदण्ड दिइएको थियो। एम्नेस्टी इन्टन्याश्नलका अनुसार उक्त सङ्ख्या गएको दशककै सबैभन्दा कम हो।

मानव अधिकारवादी समूहले चीनको तथ्याङ्क यसमा समेटेको छैन जहाँ हजारौँको सङ्ख्यामा मृत्युदण्ड दिने गरिए पनि राज्यले गुपचुप राख्ने गरेको ठानिन्छ।

इरान, उत्तर कोरिया र भियतनामजस्ता अन्य देशले पनि जति सङ्ख्यामा मृत्युदण्ड दिन्छन् त्यो सूचना लुकाउने गरेको एम्नेस्टी इन्टन्याश्नलले उल्लेख गरेको छ।

\'मृत्युदण्डको सजाय एकदमै घृणित र अमानवीय सजाय होस जेलसजायले भन्दा मृत्युदण्ड दिइँदा मानिसले कम अपराध गर्छन् भन्ने कुनै विश्वसनीय प्रमाण छैन।\'

\'थुप्रै देशले यसलाई स्वीकार्छन् र विश्वभरि नै मृत्युदण्ड दिने सङ्ख्या घट्दै गएको हेर्दा यसले उत्साह थप्छ,\'एम्नेस्टीको अनुसन्धान विभागकी वरिष्ठ निर्देशक क्लेएर अल्गरले भनिन्।

\'यद्यपि, केही थोरै देशले मृत्युदण्ड दिने सङख्या बढाउँदा त्यसले विश्वव्यापी प्रवृत्तिलाई नै चुनौती दिएको छ।\'

साउदी अरेबियाले मृत्युदण्ड दिने कार्यमा वृद्धि गरेको विषय ूचिन्ता निम्त्याउने विकासक्रमू भएको उनले बताइन्।

उक्त अधिराज्यले सन् २०१९ मा १७८ जना पुरुष र ६ जना महिलालाई मृत्युदण्ड दिएको थियो जसमध्ये आधाभन्दा बढी विदेशी नागरिक थिए।

साउदी अरेबियामा सन् २०१८ मा १४९ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड पाउनेमा धेरैजसो हत्या वा लागुऔषधसम्बन्धी मुद्दाका छन्।

तर एमनेस्टी इन्टरन्याश्नलले भने शिया मुस्लिम अल्पसङ्ख्यकका असन्तुष्ट पक्षविरुद्ध राजनीतिक अस्त्रका रूपमा मृत्युदण्डको बढ्दो प्रयोग गर्न थालिएको जनाएको छ।

सन् २०१९ को एप्रिल महिनामा ३७ जनालाई त्यहाँ एकै पटक मृत्युदण्ड दिइएको थियो।

ती सबै शिया समुदायका थिए र पाँचजना दोषीमाथि “आतङ्कवाद” को आरोप लागेको थियो।
एमनेस्टी इन्टरन्याश्नलले उनीहरूलाई यातना दिएर आरोप स्वीकार्न बाध्य पारिएको जनाएको थियो।

इराकमा सन् २०१८ को दाँजोमा सन् २०१९ मा झण्डै दोबरलाई मृत्युदण्ड दिइएको विषयले “झट्का” दिएको उनले बताइन्।

इराकमा सन् २०२८ मा कम्तीमा ५२ जनालाई मृत्युदण्ड दिइएकोमा सन् २०१९ मा एक सयभन्दा बढीलाई दिइएको थियो।

जिहादी समूह इस्लामिक स्टेटको सदस्य भएको आरोप लागेकालाई निरन्तरजसो मृत्युदण्ड दिइएका कारण सङ्ख्यामा वृद्धि भएको हो।

दक्षिण सुडानमा गत वर्ष अधिकारीहरूले कम्तीमा ११ जनालाई मृत्युदण्ड दिएका थिए जुन सङ्ख्या सन् २०११ मा देश स्वतन्त्र भएयताकै सबैभन्दा धेरै हो।

यमनमा पनि सन् २०१९ मा कम्तीमा सात जनालाई मृत्युदण्ड दिइएको थियो जबकि सन् २०१८ मा त्यो सङ्ख्या कम्तीमा चार थियो।

बहराइन र बाङ्ग्लादेशले पनि एक वर्षको अन्तरालपछि फेरि मृत्युदण्ड दिएका छन्।

तर विश्वव्यापी रूपमा मृत्युदण्ड दिइएको उपलब्ध सङ्ख्या घट्नुमा थुप्रै पक्षहरू जिम्मेवार रहेको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।

इजिप्ट, जापान र सिङ्गापुरजस्ता देशमा गत वर्ष उल्लेख्य रूपमा मृत्युदण्ड दिनेको सङ्ख्यामा कमी आएको छ।

यी देशहरू मृत्युदण्डका पक्षधर हुन्। र, लगातार दोस्रो वर्ष, इरानमा कम मानिसलाई मृत्युदण्ड दिइएको छ। सन् २०१७ मा लागुऔषध विरुद्धको कानुनमा संशोधन गरिएपछि मृत्युदण्ड दिइएको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको हो।

सन् २०१० यता पहिलो पटक अफगानिस्तानमा एउटा पनि मृत्युदण्ड दिइएन।

सन् २०१८ मा मृत्युदण्ड दिएका ताइवान र थाइल्याण्डले पनि सन् २०१९ मा क्रमभङ्ग गरेका छन्।

विश्वभरि १०६ वटा देशले सबैखालका अपराधका लागि मृत्युदण्डको कानुनी व्यवस्था हटाएका छन् भने १४२ वटा देशले कानुनी व्यवस्था र अभ्यास दुवैमा मृत्युदण्ड हटाएका छन्। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending