जाजरकोट । घरेलु कपडा सिलाइबुनाइ तालिममा चार महिनाअघि नेपालगञ्ज गएकी जाजरकोटको बारेकोट गाउँपालिका–१ की भद्रकला बोहरा बन्दाबन्दीका कारण उतैको रोकिएकि छिन् ।घर आउने चाहना भए पनि बारेकोटसम्म हिँडेर आउने अवस्था नभएपछि उनी नेपालगञ्जको एक होटेलमा बसेर दैनिक छोराछोरीसँग फोनमा कुरा गर्दै चित्त बुझाइरहेकि छिन् । नेपालगञ्जबाट जाजरकोट सदरमुकाम ३२ कोस टाढा मानिन्छ । बोहरालाई कसैले उद्धार गरेर बारेकोट पु¥याइदिन्छ कि भन्ने आशा भने मरेको छैन । उनी भन्छिन्, “माइतीघरमा रहेका आमाबुबाको जिम्मामा १२ वर्षको छोरा र १४ वर्षकी छोडेर आएकी हुँ । उनीहरुले ‘कहिले आउनुहुन्छ आमा १’ भनेर फोन गर्छन्, तर म बन्दमा परेको छु भनेर सम्झाउँछु, पत्याउँदैनन् ।”
बारेकोट सिनाकोटमा लकडाउनको खासै प्रभाव नभएका कारण छोराछोरीले यो कुरा सजिलै पत्याउने अवस्था छैन । भद्रकलासँगै बारेकोटका मजदुरी गर्न भारत गएकादेखि काठमाडौँबाट आएर अलपत्र परेका ७६ नेपालगञ्जमा छन् । पर्याप्त खर्च नभएकाले आफूहरु होटेलमा सँधै खाना खाने अवस्थामा नरहेको अर्का पीडित सुरेन्द्र बोहराले बताए ।“चिच्याउने हो भने पनि सुन्ने कोही छैन, मुटु भक्कानिएर आउँछ के गर्नु, हिँडेर जानसक्ने अवस्था छैन ।” बोहराले भने ।
काठमाडौँबाट आएर नेपालगञ्जमै लकडाउनका कारण रोकिएका नन्दलाल बस्नेतले पनि होटलमा खाँदा सबै रकम सकिएको बताए । नेपालगञ्जको स्थानीय सरकार र प्रशासनले समेत केही नहेरेको गुनासो छ । डोल्पाका २० भन्दा बढी सर्वसाधारण पनि नेपालगञ्जमै अलपत्र परेका छन् ।
गाउँघरमा खेतीबाली लगाउने समय भइसकेकाले उनीहरु थप चिन्तित छन् । वैशाखको पहिलो हप्तादेखि नै मकै, गहुँ, तरकारी, भित्र्याउनेदेखि मकै रोप्नेसम्मका काम हुने गरेको छ ।
प्रभावितहरुको समस्या थाहा पाएपछि बारेकोट गाउँपालिकाले आफ्ना नागरिक अलपत्र परेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकालाई चिट्टी लेख्दै सबैलाई राहत सामग्री दिन अनुरोध गरेको छ ।
बारेकोट गाउँपालिकाले लेखेको पत्रमा भनिएको छ, “आवश्यक प्रमाणपत्र नपुगेका सर्वसाधारणलाई पनि यसै पत्रमा उल्लेख भएको नामवालीका आधारमा राहत उपलब्ध गराउन अनुरोध छ ।”
त्यस्तै दैलेख घर भएका २० भन्दा बढी सर्वसाधारण रुकुमपश्चिमको सानीभेरी नगरपालिकामा पुगेका छन् । उनीहरु जाजरकोट हुँदै दैलेख जान चाहेको टेलिफोनमार्फत जानकारी गराएका छन् । उनीहरुले स्थानीय सरकारसँग घर जानका लागि यातायातको व्यवस्थाका लागि आग्रह गरेका छन् ।
पछिल्लो समयमा जाजरकोट घर भई काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँमा ज्यालादारी काम गरिरहेका ४४१ मजदुरलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काठमाडौँबाट जाजरकोट पठाइएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थी नेताहरु नारायण घर्ती, मुक्ति बस्नेत, मुस्कान रोकाय र ज्ञानु खड्काले ठाउँठाउँबाट मजदुरलाई काठमाडौँको गुर्जुधारा जम्मा गरी जाजरकोट पठाएका हुन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: