Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

लुकेर बसेका जमातीलाई परीक्षणमा ल्याइँदै

धनुषा । धनुषामामा लुकेर बसेका हुन सक्ने जमातीलाई कोरोना उपचार तथा क्वारेन्टाइनमा ल्याएर सहयोग गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले मुस्लिम अगुवाहसँग समग्र शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सम्बन्धमा बैठक गरी सो आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले विभिन्न राजनीतिक दलका मुस्लिम प्रतिनिधि तथा मौलानाहरुलाई जमातीहरुलाई परीक्षणमा ल्याउन सहयोग गर्न आग्रह गरे ।

कार्यालयका सूचना अधिकारी गणेशचन्द्र मिश्रका अनुसार बैठकले जिल्ला भित्र रहेका सम्पूर्ण मन्दिर, मस्जिद, गुम्बालगायतका धार्मिक संरचनामा नवआगन्तुक तथा अपरिचित व्यक्तिलाई वास नदिने तथा नयाँ व्यक्तिहरु आएमा सम्बन्धित संस्थाले तत्काल स्थानीय प्रशासनलाई खबर गर्ने र सामाजिक सञ्जालबाट कुनै पनि अफवाह नफैलाउन नहुने निर्णय गरेको छ ।

नेपालमा जमात समूहका मुस्लिमबाट कोरोनाको जोखिम बढेको भन्दै उनीहरुको तथ्याङ्क तत्काल सङ्कलन गर्न राष्ट्रिय मुस्लिम आयोगले पनि निर्देशन दिइसकेको छ ।

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा ३ जना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो ।

अध्यक्ष समीम मियाँ अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । उनीहरु धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा रोकिएका छन् । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending