Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने

काठमाडौं । गोरखा घर भएर काठमाडौं बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिएकी छिन् । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहेकी उनको यो दोस्रो गर्भ हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ - अहिले ६ महिना भइसकेको छ र कुनै समस्या नभएकाले फोनमा चिकित्सकले दिएको सल्लाहअनुसार नै थापा खाना खाने र व्यायाम गर्दै आएकी छिन् । प्रसूति गृहले बन्दाबन्दी (लकडाउन) का कारण अस्पतालसम्म आउन नसक्नेलाई घरमै बसेर सेवा उपलब्ध गराउन थालेपछि थापाजस्ता धेरैले यसको फाइदा लिइरहेका छन् ।

अस्पतालका निर्देशक डा. जगेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमण नहोस् भन्ने उद्देश्यले अस्पतालको बहिरङ्ग सेवा बन्दाबन्दीको अवधिभर बन्द गरिएको छ । यसबेला अस्पतालमा गर्भवती अवस्थाबारे जाँच गराइरहेका गर्भवतीका लागि टेलिफोन नं. ४२६०४०५ मा सम्पर्क गरी डाक्टरसँग सल्लाह लिन सकिने छ ।

अस्पतालका अनुसार बन्दाबन्दीका कारण टाढाबाट प्रसूतिका लागि आउन नसक्दा अस्पतालमा सुत्केरी हुने सङ्ख्यामा कमी आएको छ । ‘सेवा लिन जत्ति आउँछन्, सबैलाई अस्पतालका तर्फबाट उपलब्ध गराउने सुविधा सेवा प्रदान गरिएको छ,’ निर्देशक गौतमले भने । दैनिक ७० देखि ८० जनासम्मले प्रसूति सेवा लिने यस अस्पतालमा कोभिड–१९ बाट उत्पन्न सङ्कटबाट नागरिकलाई बचाउन लागू गरिएको बन्दाबन्दीको अवस्थामा दैनिक सरदर ६० जनाले मात्र सेवा लिइरहेका छन् ।

कति त सङ्क्रमण हुने त्रासले जान डराइरहेका छन् भने कतिले नजिकैका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सेवा लिने गरेका छन् । कतिपयलाई अस्पतालसम्म पुग्न सवारी साधनको पनि समस्या छ । आइरन चक्की र क्याल्सियम खाइरहेका सामान्य अवस्थाका गर्भवतीले आफूलाई कुनै समस्या नभए घरमै बसेर पोषिलो खानेकुरा खाने, हल्का व्यायामका साथै आराम गरेर बस्ने उनको सल्लाह छ । त्यसबाहेक पानी वा रगत बग्ने लगायतका आकस्मिक समस्या देखिए तुरुन्त अस्पताल आउन वा डाक्टरसँग फोनमा सल्लाह लिएर समस्याको समाधान निकाल्न उनी सुझाव दिन्छन् ।

डा. गौतमले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको निर्देशनअनुसार अस्पतालमा हुने भीडलाई कम गर्न ओपीडी सेवा तत्कालका लागि बन्द गरिएको बताए । उनले गर्भवतीको अवस्था सामान्य सुत्केरी गराउन नसक्ने भएको खण्डमा गाउँबाट पनि एम्बुलेन्समै ल्याएर प्रसूति सेवा लिइरहेको जानकारी दिए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गत बन्दाबन्दीकै अवस्थामा सोलुखुम्बु र मुग जिल्लाबाट गर्भवती महिलाको उद्धार गरी सो अस्पतालमा उपचार गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: