Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पश्चिमाञ्चल अस्पतालमा सेनिटाइजर टनेल जडान

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेनिटाइजर टनेल जडान गरिएको छ ।

कोभिड–१९को जोखिम न्यूनीकरणका अस्पतालको पूर्वपट्टिको प्रवेशद्वारमा आज स्वचालित सेनिटाइजर टनेल जडान गरिएको हो । प्रोग्रेसिभ इन्जिनीयरिङ एशोसिएसन गण्डकीले तयार गरेको सो सेनिटाइजर टनेल प्रतिनिधिसभा सांसद एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई हस्तान्तरण गरका थिए।

सो टनेलले स्वचालित रूपमा काम गर्छ । मान्छे टनेलमा प्रवेश गर्नेबित्तिकै स्वचालित रूपमा सेनिटाइजर स्प्रे हुने गर्छ । एक व्यक्तिलाई स्प्रे गर्दा करिब ६० एमएल सेनिटाइजर खर्च हुने र टनेलमा रहेको २०० लिटर ट्याङकले तीन हजार ४०० जनालाई स्प्रे गर्न पुग्ने एशोसिएसन गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर गोदारले जानकारी दिए ।

टनेलले होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने बताउँदै उनले अस्पतालमा भीडभाड हुने भएकाले अस्पतालमा जडान गरिएको बताए । स्वचालित सेनिटाइजर टनेल बनाउँदा रु एक लाख ५० हजार खर्च भएको बताइन्छ ।

टनेल निर्माण संयोजक एवं प्रोग्रेसिभ इन्जिनीयरिङ एशोसिएसनका सचिव सुरेश तिमिल्सिनाले राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गाना, इन्जिनीयरहरु सुलव तिमिल्सिना, सुनिल दाहाल, टेक कटुवाल, बाबुराम भण्डारी, धु्रर्व भट्टराई र विप्लप पोखरेलले चार दिनमा दुई वटा टनेल तयार गरेको जानकारी दिए ।

निर्माणमा संलग्नसमेत रहेका इन्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुनिल दाहालले लकडाउनमा महानगरपालिकाको कार्यशालामा सामान व्यवस्थापन सहज हुने भएकाले कार्य अगाडि बढाइएको बताए ।

प्रोग्रेसिभ इन्जिनीयरिङ एशोसिएएनले नेपाल इन्जिनीयरिङ एशोसिएसन र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा टनेल निर्माण गरेको थियो ।

सांसद अधिकारीले प्रोगेसिभ इन्जिनीयर्स एशोसिएसनले गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै इन्जिनीयरले नयाँ खोज र अनुसन्धानमा लागेर कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिन आग्रह गरे ।

प्रतिष्ठानका उपकुलपति डा थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको सङ्क्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउँदै यसको संरक्षणमा प्रतिष्ठानले ध्यान दिने बताए । एशोसिएसनले आइतबार पोखरा महानगरलाई समेत टनेल हस्तान्तरण गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: