Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भूमि आयोगले बोझमाथि बोझ : ‘बेमौसमी’ भन्दै चौतर्फी विरोध

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर गठन गरिएको भूमि‌सम्बन्धी समस्या समाधान आयोगले अनावश्यक बोझ बढेको भन्दै चौतर्फी आलोचना भएको छ। नेता, प्रशासक, बुद्धिजीवीले सामाजिक सञ्जालका साथै व्यक्तिगत रूपले सरकारको उक्त कदमप्रति आपत्ति जनाएका छन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - मुलुक कोरोना संक्रमण जोखिमबाट गुज्रिरहेका बेला सरकारले हालै उक्त आयोग गठन गरेको हो। यसअघि अवैध रूपमा त्यस्तै आयोग गठन गरिएको भन्दै अधिवक्ता चन्द्रमणि पौडेलले दिएको रिटमा सर्वोच्चले २०७१ सालमा अन्तरिम आदेश दिँदै रोक लगाएको थियो। उक्त आदेश जारी रहेको स्थितिमा सोही प्रकृतिको भूमि आयोग गठन गरिएको हो।

कांग्रेस नेता डा। रामशरण महतले ‘दलका कार्यकर्ता भर्ती गर्न गठन भएको यस्तो आयोग बिल्कुल गलत भएको’ भन्दै विरोध गरेका छन्। ‘भरपूर सुविधासहित ५ सय ५२ पदमा अर्बौं खर्च गर्ने गरी ७७ जिल्लामा सुकुम्बासी आयोग गठन हुँदै छ’, उनले ट्विटरमा लेखेका छन्, ‘सत्तासीन दलका कार्यकर्ता भर्ने गरी बन्ने यस्तो महँगो संरचना बिल्कुल गलत।’ यस्ता आयोग निष्पक्ष ढंगले दक्षता र निश्चित मापदण्डका आधारमा गठन तथा मीतव्ययी ढंगले सञ्चालन गरे मात्र उचित र न्यायपूर्ण परिणाम आउने उनले उल्लेख गरेका छन्।

पूर्वसचिव एवं बालुवाटार जग्गा छानबिन समितिका संयोजक शारदाप्रसाद त्रितालले आयोग गठनप्रति शंका व्यक्त गरेका छन्। उनले हाल भइरहेको सरकारी संयन्त्र र स्थानीय तहमै छानबिन समिति बनाएर बढी समस्या देखिएका जिल्लामा सुकुम्बासी व्यवस्थापन गर्न सकिने अवस्था दर्शाएका छन्। आयोग गठनले फेरि पनि प्रमुख दललाई कार्यकर्ता, भूमाफिया र हुकुम्बासीलाई फाइदा पुग्ने हो कि भन्दै त्रितालले चिन्ता प्रकट गरेका छन्।

अर्का पूर्वसचिव भीम उपाध्यायले आयोगको तीनवर्षे कार्यकालको सञ्चालन प्रशासनिक खर्च १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी हुने अनुमान लगाएका छन्। राज्यमन्त्रीसरह हुने अध्यक्षको सबै सुविधा जोड्दा अनुमानित १२ करोड ३४ लाख, सदस्य ९प्रदेशसहितका० ११ जनालाई सचिवसरहको सुविधा जोड्दा १३ करोड २७ लाख ९७ हजार रुपैयाँ खर्च लाग्ने हिसाब उपाध्यायले फेसबुकमार्फत प्रस्तुत गरेका छन्।

जिल्ला संयोजक ७७ जनालाई सहसचिवसरहको सुविधासहित ८८ करोड ४४ लाख र जिल्ला सदस्य दुई जनाका दरले १ सय ५४ जना अधिकृतसरहको सुविधा जोड्दा १ करोड ५८ लाख ४० हजार रुपैयाँ मुलुकलाई आर्थिक भार पर्ने प्रक्षेपण उनले गरेका छन्। अहिलेको संकटमा यस्तो आयोग निरर्थक रहेको दाबी उपाध्यायको छ।

पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले पनि सुकुम्बासीलाई जग्गा पहिल्यै बाँडिसकिएको अवस्थामा संकटको बेला पारेर फेरि अर्को आयोग थप्ने कार्य मुलुकका लागि भार रहेको बताए। उनले सर्वोच्च अदालतका तीन न्यायाधीश संलग्न विशेष इजलासबाट २०७१ सालमै आयोग गठन रोकिएको स्मरण पनि गराए।

‘सुकुम्बासीलाई त पहिल्यै जग्गा बाँडिसकिएको हो। फेरि पनि आयोगमाथि आयोग गठन गर्नुको के औचित्य हुन्छ रु ’, उनले अन्नपूर्णसँग भने, ‘एकातिर सरकार आफैंले लकडाउन गरेर सबै शक्ति कोरोना नियन्त्रणमा लगाऔं भन्ने, अर्कातिर बेमौसमी आयोग गठन गर्न कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर मात्रै हो।’

तीनवर्षे कार्यकालका लागि गठित पाँच सदस्यीय आयोगमा देवीप्रसाद ज्ञवाली‌ अध्यक्ष छन्। भूमि अधिकार‌कर्मी जगत देउजा, पूर्वसभासद् दिनेशचन्द्र यादव, नेकपा कार्यकर्ता भीमबहादुर कार्की र मञ्जली शाक्य सदस्य छन्।‌ आयोग अध्यक्ष ज्ञवाली भरतपुर महानगरपालिकाको निर्वाचनमा एमालेका तर्फबाट पराजित उम्मेदवार हुन्। आयोगका सदस्य–सचिवमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव छन्।

सर्वोच्चका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ, गोपालप्रसाद पराजुली र ओमप्रकाश मि श्रको विशेष इजलासले २०७१ माघ ८ गते सुकुम्बासी आयोग गठन अवैध रहेको भन्दै अन्तरिम आदेशमार्फत रोक लगाएको थियो। सर्वोच्चले त्यति बेला आयोग गठन प्रक्रिया कानुन प्रतिकूल देखिएको र ऐनको परिभाषाअनुरूप नभएको निष्कर्ष निकालेको थियो।

२०७१ साउन १९ गते सरकारले यस्तै आयोग गठन गरेको थियो। राजनीतिक व्यक्ति र आसेपासे कार्यकर्तालाई रोजगारी दिने मनसायले त्यो आयोग गठन गरिएको भन्दै अधिवक्ता चन्द्रमणि पौडेलले रिट निवेदन दिएका थिए। अधिवक्ता पौडेलले लकडाउन खुलेपछि सरकारले अन्तरिम आदेश मिचेको भन्दै फेरि सर्वोच्च जाने तयारीमा रहेको जानकारी दिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending