Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

नयाँ दिल्लीमाको अस्पतालमा कार्यरत आठ स्वास्थ्यकर्मी सहित एक दश महिने बच्चा कोराना संक्रमित

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ ।

नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका हुन् ।

अग्रपंक्तिमा रहेर काम गर्ने आठ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट प्रभावित भएको अस्पतालले आइतबार पुष्टि गरेको छ ।

उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुले को को सँग सम्पर्क गरेका थिए भन्ने बारेमा विवरण संकलन भइरहेको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछिको योजनाका बारेमा छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ ।

यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गर्नु भएको छ । कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु एक करोड दिइने उनले शनिबार घोषणा गरेका हुन् ।

नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यदि कुनै चिकित्सक, नर्स, सरसफाई कर्मचारी, प्रयोगशालाका प्राविधिक वा यस्तै कोही व्यक्ति उपचारका लागि खट्दा निधन हुनसक्छ, उनीहरुका परिवारलाई राहत स्वरुप भारु एक करोड दिइने छ ।”

मुख्यमन्त्री केजरीवालले ६० ओटा सेनिटाइजेसन मेसिन मार्फत् सहर बजारमा सरसफाई गर्ने कार्य भइरहेको पनि जानकारी दिए ।

उनले सामाजिक दुरी कायम गर्न आम नागरिकलाई आग्रह गरेका छन् । शिविर बनाइएका क्षेत्रमा सामाजिक दुरीको अलि बढी ख्याल गर्नु पर्ने उनको भनाई छ ।

शहरी क्षेत्रमा ७१ ओट शिविर बनाइएको उनले जानकारी दिए। अलपत्र परेका तथा खान बस्न नपाएकाहरुलाई त्यस्ता शिविरहरुमा राखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending