वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरेका छन्।
“मेरो प्रशासनले नयाँ संघीय निर्देशिका जारी गरेको छ । यसबाट राज्यका गभर्नरहरूलाई चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउन मद्दत पुग्नेछ,” ट्रम्पले भनेका छन् । यद्यपि नयाँ निर्देशिकामा यसअघि कायम सामाजिक दूरीसम्बन्धी प्रतिबन्धहरु यथावत रहने उल्लेख छ ।
“ओपनिङ अप अमेरिका” नाम दिइएको उक्त निर्देशिकाका बारेमा राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई जानकारी गराएका छन् । उक्त निर्देशिकामा अमेरिकी राज्यहरुमा जारी लकडाउन खोल्न तीन चरणको योजना अघि सारिएको छ । लकडाउन खुकुलो बनाउनुअघि कुनै पनि राज्य वा क्षेत्रमा कूल कोरोना संक्रमितको संख्यामा कमी आएको हुनु पर्ने पूर्वशर्त राखिएको छ ।
पहिलो र दोस्रो चरणमा, सार्वजनिक स्थानमा “सामाजिक दूरी” को निरन्तरता कायम राख्ने तथा १० जना भन्दा बढी व्यक्ति भेला हुन नपाइने उल्लेख छ । साथै जोखिममा रहेका कमजोर व्यक्तिलाई घरबाहिर ननिस्कने प्रबन्ध गर्नु पर्नेछ । यसबाहेक, “अत्यावश्यक बाहेक” को अवस्थामा यात्रामाथिको प्रतिबन्ध कायम रहनेछ ।
तेस्रो चरण अन्तर्गत, सबै जनाले भीड र सार्वजनिक अन्तरक्रियामा व्यतित गर्ने समय कम गर्नुपर्ने उल्लेख छ । ठूला ठाउँहरू, बार र जिमहरूले कोभिड–१९ भन्दा पहिलेको तुलनामा “सबैभन्दा ठूला परिवर्तन” सामना गर्नु पर्नेछ । यी स्थानबाट संक्रमण फैलिन नदिन सुनिश्चितता गर्नु पर्नेछ ।
बिहीबार साँझसम्म संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६ लाख ८० हजारको हाराहारीमा पुगेको छ भने ३४ हजारभन्दा बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले गत बुधबार अमेरिकामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको दाबी गरेका थिए । तर अमेरिकामा विगत तीन दिनदेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको मृत्यु भइरहेको छ । एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: