Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सरकारले छलफल नगरी नीति तथा कार्यक्रम ल्यायो : माधव नेपाल

\"madhav_300\"२६ असार, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सबै पक्षसँग उल्लेख्य छलफल नगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै आपत्ति प्रकट गरेका छन् । सरकारले आव २०७२/७३ का लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकार परिवर्तन हुनेबित्तिकै सरकारको प्राथमिकता परिवर्तन हुने, अर्थतन्त्रको आधारशिला के हो, विकासको आधार के हो भन्नेबारेमा साझा धारणा बन्न नसकेकाले मुलुकको विकास प्रक्रियाले गति लिन नसकेको बताए । आफू प्रधानमन्त्री भएका बेला बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको भए पनि त्यसपछिका सरकारले सो विषयलाई ध्यान नदिएकामा गुनासो गरे । कृषि, पर्यटन, जलस्रोतलाई सरकारले प्रमुख प्राथमिकतामा राखेर आर्थिक विकासको महत्वपूर्ण आधारस्तम्भका रुपमा अगाडि बढाउन उनले आग्रह गरे । पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सुरक्षा र गरिबीको रेखामुनि रहेका जनतालाई राहत दिने दिशामा कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिँदै भने –\'भूकम्पका कारण आहत भएका जनतालाई राहत प्रदान गर्नका लागि विशेष ध्यान दिनुपर्छ ।\' सरकारले विकास आयोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन अनुगमन संयन्त्रको विकास गर्नुपर्नेमा जोड दिँदै सरकारले विगतमा घोषणा गरेको गणतन्त्रस्तम्भ निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको र गणतन्त्रलाई संस्थागत गर्नका लागि त्यसका आधार तयार पार्ने काम नभएकामा सरकारको ध्यानाकर्षण गराए । सडक, हवाई, यातायातलाई विशेष रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले मध्यपहाडी राजमार्ग, काठमाडौँ तराई द्रुत मार्ग र हुलाकी राजमार्ग निर्माणमा विशेष जोड दिनुपर्ने बताए । सरकारले अगाडि सारेको उत्तरी दक्षिण लोकमार्गलाई तत्काल अगाडि बढाउनुपर्ने र अन्य विकास निर्माणको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने सल्लाह उनले दिए । कार्यक्रममा उत्साह छैन एकीकृत नेकपा (माओवादी)का कृष्णबहादुर महराले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले उत्साह दिन नसकेको र सरकारको प्रतिनिधि सदनमा उपस्थित नहुनु दुःखद भएको बताए । सरकारको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै चासो नभएकाले आफूहरुले समर्थन गर्न नसक्ने धारणा राख्दै उनले भूकम्पबाट भएको क्षतिपछिको नवनिर्माणलाई अवसरका रुपमा लिनेभन्दा पनि परम्परागत नै रहेको बताए । विगतका सरकारको नीति तथा कार्यक्रमको निरन्तरतासमेत हालको कार्यक्रममा नभएको तर्क गर्दै उनले भने– \'अहिलेको नीति तथा कार्यक्रम पछाडि फर्कन खोजेको छ, उत्पीडनमा परेको क्षेत्र, महिला, दलितलाई कुनै पनि कार्यक्रम छैन ।\' अल्पविकसित मुलुकबाट विकसित रुपमा अगाडि बढाउने योजनासमेत कार्यक्रममा नभएको भन्दै उनले हचुवाका भरमा सन् २०२२ भित्र विकासोन्मुख मुलुक बन्न नसक्ने धारणा राख्नुभयो । उनले भूकम्पपीडित, जनयुद्ध, जनआन्दोलनका घाइते, सहिद भएका परिवारलाई कुनै राहत दिनेतर्फ नसोचिएकाले दिगो शान्तिको स्थापना हुन नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले ग्रामीण क्षेत्रमा जनतालाई विद्युत् प्रदान गर्ने भनिए पनि जनतालाई लगानीका लागि विश्वासिलो वातावरण बनाउन नसकिएको, लगानीकर्तालाई प्रोत्साहन गर्न नसकिएको, भूमिसुधार गर्नेतर्फ कुनै कदम नल्याइएको, कृषिको आधुनिकीकरण गर्नेतर्फ कुनै कार्यक्रम नभएको, हचुवाका भरमा सडक खन्ने प्रवृत्तिको विकास भएकाले त्यसलाई रोक्नेतर्फ कुनै कदम नचालिएकामा उनले आपत्ति प्रकट गरे । नेपाली काँग्रेसका पद्यमनारायण चौधरीले भूकम्पपछिको पुनःनिर्माणलाई जोड दिइएको र नियमित कामलाई पनि प्रमुख प्राथमिकतामा राखेकाले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी रहेको धारणा राखे । राप्रपा नेपालका रामकुमार सुब्बाले सरकारको नीति तथा कार्यक्रमले जनतामा कुनै पनि उत्साह नल्याएको भन्दै आपत्ति प्रकट गरे । भूकम्पपीडित जनताले प्रभावकारी रुपमा राहत नपाएको, पहुँच र प्रभावका आधारमा मात्रै वितरण भएको तथा भएका सरकारी विश्वविद्यालय नै प्रभावकारी रुपमा चल्न नसकेको अवस्थामा नयाँ महाविद्यालय खोल्नुको कुनै अर्थ नभएको उनको भनाइ थियो । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का योगेन्द्र चौधरीले नीति तथा कार्यक्रम केन्द्रीकृत र एकाङ्गी भएको आरोप लगाए । कृषि र जलविद्युत्का क्षेत्रमा कुनै पनि नयाँ कार्यक्रम नआएकाले बेरोजगारीको अन्त्य गर्न नसकिने भन्दै उनले हुलाकी राजमार्गको विषयमा कुनै शब्दसमेत उच्चारण नगरिएकामा आपत्ति प्रकट गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending