Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

दैनिक ज्यालादारी श्रमिकको खाद्यान्नमा ध्यान दिन कांग्रेसकाे माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ ।

कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि विशेष गरी ती वर्गका नागरिकलाई धेरै समस्या परेको जनाउँदै पार्टीले सो माग गरेको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरसको जोखिमलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारणले जनता पीडामा रहेका उल्लेख गरेका छन् ।

उनले सरकारले कोभिड–१९को जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि प्रभावकारी तयारी गर्न नसकेको तथा स्वास्थ्य सामग्री तथा उपकरण खरिद व्यवस्थापनमा ढिलाइ भएको आरोप लगाएका छन् ।

‘हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो । सरकार यस्तो गम्भीर एवं सङ्कटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ । अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र सङ्क्रमितहरुको उपचार गर्नु हो’ काँग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान विषम परिस्थितिमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्दै काँग्रेसले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । महामारी नियन्त्रण, न्यूनीकरण तथा उपचारका लागि अहोरात्र अभूतपूर्व योगदान गरिरहनुभएका चिकित्साकर्मी, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिमा काँग्रेसले सम्मान व्यक्त गरेको छ । काँग्रेस संसदीय दलले उहाँहरु सबैको सुरक्षाका लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बन्न आग्रहसमेत गरेको छ ।

प्रमुख सचेतक खाँणले संसारभरि छरिरहेका नेपालीले माहामारीको पीडा भोगिरहेका र असुरक्षाको अवस्थामा उनीहरुको मनोवल बढाउन उनीहरुको पीडा तथा समस्यालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending