Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

६३ जिल्लाबाट र्‍यापिड टेस्ट सुरु, देशभर १५ हजार ८ सयको कोरोना परीक्षण

काठमाडौं । नेपालमा हालसम्म आरडिटी र पिसिआर गरी १५ हजार ८ सय जनाको नमुना परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत ८ हजार ९ सय २९ जनाको आरडीटी र ६ हजार ८ सय ७१ जनाको पिसिआरबाट गरी कूल १५ हजार ८ सय जनाको कोरोना परीक्षण भएको जानकारी दिएका हुन्।

‘हालसम्म ८ हजार ९ सय २९ जनाको आरडीटी र ६ हजार ८ सय ७१ जनाको पिसिआरबाट गरी कूल १५ हजार ८ सय जनाको कोरोना परीक्षण भएको छ’, उनले भने, ‘१४ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी सुरु गरिएको छ।’

कोरोनाको उपचार गराइरहेका १५ जनाकै अवस्था सामान्य भएको समेत उनले बताए। हाल पाटन, टेकु, वीरगञ्ज, बाग्लुङ र कैलालीमा उनीहरुको उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार सरकारले आरडीटी गरिने परीक्षण अब १४ जिल्लामा बाँकी छ। जनाइएअनुसार प्रदेश नम्बर १ को ७ जिल्ला प्रदेश २ को ३ जिल्ला, गण्डकी प्रदेशको १ जिल्ला, प्रदेश ५ को १ जिल्ला र कणाली प्रदेशको २ जिल्ला बाँकी रहेका छन् । बागमती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा यो सेवा पुगिसकेको छ ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित नभेटिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। नेपालमा हालसम्म १५ हजार ८ सय जनाको नमूना परीक्षण भएको छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending