Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

लकडाउनमा विपन्नको जीविका चलाउन राहत

विराटनगर । लकडाउनमा रोजगारी गुमाएका विपन्न एवं गरिब जनतालाई राहत वितरण गर्ने योजनाअनुरुप मोरङका सबै स्थानीय तहले राहत वितरण गरिरहेका छन् । कतिपय स्थानीय तहले राहत वितरण गरिसकेका छन् भने कतिपयले राहत वितरण गरिरहेका छन् । धेरैजसो स्थानीय तहमा राजनीतिक दल र जनप्रतिनिधिमार्फत विपन्न परिवारलाई राहत वितरण भइरहेको रङ्गेली नगरपालिका प्रमुख दिलीप बगडियाले जानकारी दिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिरहेको अवस्थामा नेपालमा पनि त्यसको हुनसक्ने उच्च जोखिमलाई नियन्त्रण, रोकथाम एवं उपचार गर्न सरकारले २०७६ चैत ११ गतेदेखि घोषणा गरेको थियो । लकडाउन घोषणाको आज २३ औँ दिनसम्म आइपुग्दा राहत वितरण कार्यले तीव्रता पाएको हो । लकडाउनमा कसैले पनि घर बाहिर सामूहिक क्रियाकलाप गर्न नपाउने र एक आपसमा सामाजिक दूरी कायम गर्नुपर्ने नियममा बस्नुपर्दा सयौंको रोजगारी गुमेको छ । उनीहरुको दैनिक जीविकोपार्जनका लागि सरकारले राहत वितरण गर्ने घोषणाअनुरुप स्थानीय तहले त्यस्ता परिवारलाई पहिचान गरी राहत वितरण गर्न थालेका हुन् ।

मोरङमा १२ लाख २६ हजार ९७७ केजी चामल वितरण भइसकेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्ष मानबहादुर राईले जानकारी दिए । उनका अनुसार वितरित राहत सामग्रीमा दाल एक लाख १५ हजार ९०२ केजी, आलु ६१ हजार ९०३ केजी, नून ८५ हजार २५ केजी, खानेतेल ४४ हजार ८९८ लिटर, साबुन ७५ हजार ९४१ वटा, चिउरा दुई हजार २५४ केजी, भुजा २१८ केजी, दूध तीन हजार ३७ लिटर, चना १२५ केजी, प्याज १३० केजी, चाउचाउ सात हजार १४० थान र खाना प्याकिङ ५५० वितरण भएको हो ।

समस्यामा परेका र रोजगारी गुमाएका गरिब एवं विपन्न परिवारलाई जीविका चलाउनका लागि तत्काल राहत वितरण गर्न स्थानीय तहले स्थापना गरेको राहत कोषमा विभिन्न दाता एवं समाजसेवीले पनि कोषमा रकम जम्मा गरेका छन् । सो कोषमा प्रदेश सरकारले महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाख गरी एकमुष्ट रु नौ करोड ५० लाख बजेट निकासा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरले जनाएको छ ।

मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकामा २६ हजार २६८ घरधुरी र सबैभन्दा कम उर्लाबारी नगरपालिकामा २६३ घरधुरी राहत प्राप्त गर्ने परिवारमा परेका छन् । मोरङमा १७ स्थानीय तहमा ८५ हजार ८०६ घरधुरी राहत पाउने घरधुरीमा परेका छन् । प्रति परिवार रु ९६३ मूल्य बराबरको राहत सामग्रीलार्ई हिसाब गर्दा कूल रु आठ करोड २६ लाख ३१ हजार १७८ हुन्छ ।

विराटनगर महानगरपालिकाले स्थापना गरेको कोषमा महानगरपालिकाले रु दुई करोड जम्मा गरेको सो कोषमा प्रदेश सरकारको रु २० लाख र केही दाताबाट रकम जम्मा हुने क्रम जारी रहेको कोषका प्रमुख राजेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँले सो कोषमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक वर्षमा प्राप्त गर्ने सेवा सुविधाका रकम, अधिकृत कर्मचारीले पाँच दिनको तलब र साना तहका कर्मचारीले तीन दिनको तलब जम्मा गरिदिएर कोषलाई बलियो बनाउने काम भएको जानकारी दिए । विराटनगर महानगरपालिकाले अहिलेसम्म रु दुई करोड ५३ लाख ७४ हजार बराबरको राहत वितरण गरिसकेको जानकारी दिँदै पुनः वितरण गर्नुपर्ने भएमा प्रदेश सरकार र सङ्घीय सरकारको आर्थिक सहयोगबिना गर्न सकिने अवस्था नरहेको कोषका अध्यक्ष प्रधानले बताए ।

रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले यस नगरपालिकामा पाँच हजार २५३ घरधुरी राहत पाउनेमा छन् । उनीहरुलाई राहत वितरण गर्ने तयारी रहेको प्रदेश सरकाले घोषणा गरेको राहत रकम प्राप्त नभएको जानकारी दिए ।

मोरङमा रङ्गेली नगरपालिकाले सात हजार ७५२, सुववर्षी गाउँपालिकाले दुई हजार ४९२, धनपाल थानले छ हजार ४२१, बेलबारी नगरपालिकाले तीन हजार १६०, सुन्दरहरैचा नगरपालिकाले चार हजार ८००, केराबारी गाउँपालिकाले एक हजार ५११, ग्रामथान गाउँपालिकाले दुई हजार ५४४, जहदा गाउँपालिकाले पाँच हजार ८१६, कटहरि गाउँपालिकाले चार हजार, बूढिगङ्गा गाउँपालिकाले छ हजार ३८३, लेटाङ गाउँपालिकाले दुई हजार १४१, पथरी शनिश्चरे नगरपालिकाले तीन हजार २२०, कानेपोखरी गाउँपालिकाले दुई हजार २२० र मिक्लाजुङ गाउँपालिकाले एक हजार ५४२ घरधुरी राहत प्राप्त गर्ने सूचीमा राखेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies