Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ट्रमा सेन्टरमा शल्यक्रिया जारी

काठमाडौं । काठमाडौं सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिइरहेका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गएको अवस्थामा उपचारका लागि तयारीसहित अत्यावश्यक स्वास्थ्य सेवालाई अस्पतालले जारी राखेका हुन् ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलका अनुसार ट्रमा सेन्टरमा अहिले पनि दैनिक एक दर्जन अत्यावश्यक शल्यक्रिया हुँदै आएका छन् ।

दुई/चार महिनापछि शल्यक्रिया गर्दा पनि हुने जोर्नी, नशा च्यापिएका, ट्युमरलगायत बाहेक ‘इमर्जेन्सी’ सेवासमेत चालू छ । बहिरङ्ग सेवा चाहिँ बन्द रहेको छ ।

उनका अनुसार छत, रुख, भीरबाट खसेर घाइते भएकाहरू इमर्जेन्सीमा दैनिकजसो आउने गरेका छन् । विगतको तुलनामा ८० प्रतिशत बिरामी इमर्जेन्सीमा आउने गरेका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा वार्ड, आईसीयू, पोस्ट अपरेटिभ वार्ड, इमर्जेन्सी गरी दुई सय बेड छन् । अस्पतालमा अहिले पनि ९१ बिरामी उपचारका क्रममा रहेका छन् ।

अस्पतालमा ३० वटा इमर्जेन्सी छ । नौवटा पोस्ट अपरेटिभ वार्ड रहेको छ । अहिले पनि दैनिक ३० वटा बेडमा इमर्जेन्सीका बिरामी आउने गरेको डा. पौडेलले जानकारी दिनुभयो ।

दैनिक चार सयले सेवा लिँदै आएको बहिरङ्ग सेवा अहिले बन्द अवस्थामा छ । ११ वटा आईसीयू कक्ष रहेका छन् ।

आवश्यक परेमा ‘हाई डिपेन्डेन्सी’ ८ वटा वार्डलाई आईसीयूमा बदल्न सकिने डा. पौडेलले जानकारी दिए ।

कोरोना उपचारको तयारी

कोरोना भाइरस सङ्क्रमणको महामारी अवस्था आएमा ट्रमा सेन्टरलाई पनि कोरोना उपचारका गर्ने ‘डेडिकेटेड’ अस्पतालमा रूपान्तरण गर्ने योजना सरकारको छ । सो अनुसार अस्पतालले तयारी योजना बनाएको छ ।

अस्पतालले ‘स्क्रिनिङ’ सेवा सुरु गरिसकेको छ ।

अस्पतालमा आएकाको ‘ट्राभल हिस्ट्री’ लिने, ज्वरो नाप्ने, कोरोनासम्बन्धी फर्म भराउने कार्य थालिएको छ । सेन्टरका प्रमुख डा. पौडेलका अनुसार अस्पतालको इमर्जेन्सीमा छ बेडको आइसोलेसनसमेत तयार पारिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending