Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

राहत पर्खंँदै गन्धर्व बस्ती

तनहुँ । १८ दिनयताको ‘लकडाउन’का कारण जिल्लाको भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् । दिनभरि कमाएर साँझबिहानको छाक टार्ने यहाँका अधिकांश गन्धर्व परिवारमा धेरै दिनका लागि खाद्य सामग्री राख्ने क्षमता हुँदैन ।

स्थानीयवासी सीता गन्धर्वले आफ्ना घरमा चुल्हो बल्न नसकेकाले रोगले भन्दा भोकले मरिने पो हो कि भनी आशंका गरिन् । सारङ्गी रेटी गीत गाउँदै गाउँ, शहर र यात्रुबसमा डुलेर कमाएर खाने परिवार भएकाले खाद्यवस्तु जुटाउन समस्या परेको उनले बताइन् । स्थानीयवासी शर्मिला गान्धारीले गन्धर्व बस्तीका सबै सुकुम्बासी रहेको बताउँदै भनिन्, ‘ठाउँठाउँमा राहत बाँडेको खबर सुनिएको छ तर गन्धर्व बस्तीमा अझै आइपुगेको छैन ।’

१० वर्षका उमेरदेखि गीत गाएर परिवार पाल्दै आएका ५२ वर्षीय बुद्ध गन्धर्वका अनुसार उनको समुदायमा १ जना पनि सरकारी सेवामा रहेको व्यक्ति छैन । उनले केही व्यक्ति रेष्टुरेण्टमा गीत गाउने र सारङ्गी बजाउने पेशा गर्ने गरेको तर लकडाउनका कारण हाल उनीहरूको पनि रोजीरोटी र कमाइको बाटो रोकिएको बताए । ‘सबैको जीवनयापन गर्ने साधन भनेको यही सारङ्गी नै हो’, उनले भने, ‘केही परिवारले विभिन्न ठाउँमा गएर सारङ्गी बिक्री गरी त्यसैको आर्जनबाट जीवन गुजार्दै आएका छन् ।’ गन्धर्व समुदायकै भवानी गन्धर्व प्रश्न गछिन्, ‘हामी त आज ल्याएर आजै खाने हो, बच्चा भोक लाग्यो भन्छन्, के गर्ने ?’

भानु नगरपालिकाका उपप्रमुख आशा थापाले राहतका लागि खाद्य सामग्री खरीद गर्ने प्रक्रियामा रहेकाले चाँडै राहत वितरण गरिने बताइन् । थापाका अनुसार नगरपालिकाभर १ हजार ८२१ जनालाई राहत दिनुपर्ने सूची तयार भएको छ । ती सबैलाई राहत वितरण गर्ने तयारी भइरहेको छ ।

वडा नम्बर २, ३ र १० मा पनि गन्धर्व बस्तीका गरीब परिवारजनलाई राहत बाँड्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ । स्थानीय गन्धर्व समुदायका सदस्य विगत भूकम्पका बेला घरैपिच्छे राहत बाँडिएको सम्झिरहेका छन् र यसपटक पनि त्यस्तै अपेक्षा गरिरहेका छन् । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending