संक्रमित दुवैको दोस्रो रिपोट ‘पोजेटिभ’
बागलुङ । बागलुङका ५०३ शंकास्पद व्यक्तिमा कोभिड–१९ को द्रुत जाँच (र्यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा बिहीबारदेखि द्रुत जाँच सुरु गरिएको थियो ।
बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुरज गुरौका अनुसार हालसम्म गरिएका सबै जाँचको रिपोर्ट नेगेटिभ छ । शनिबार बागलुङ नगरपालिकाका ७७, बडिगाड गाउँपालिकाका ११४, निसीखोला गाउँपालिकाका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनामा कोरोना जाँच गरिएको थियो । जाँच गरिएका सबै विदेशबाट आएका व्यक्ति हुन् ।
स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, भौतिक सम्पर्क भएका व्यक्ति र विदेशबाट आएका सबैमा कोरोनाको दु्रत जाँच हुनेछ । सोमबारसम्ममा जिल्लाका १० स्थानीय तहका गरी कूल ९७१ शङ्कास्पद व्यक्तिमा कोरोना जाँच गरिने प्रमुख गुरौले जानकारी दिए । ‘हामीले तयारी गरेभन्दा जाँचको सङ्ख्या केही थप हुनसक्ने देखिएको छ’ उनले भने, ‘जाँच गरिएका कूल सङ्ख्यामध्ये १० प्रतिशतको स्वाबसमेत सङ्कलन गरी कोरोना परीक्षण गरिनेछ ।’
बागलुङ नगरपालिकामा कूल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोनाको द्रुत जाँच हुनेछ ।
‘र्यापिड टेस्टका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छ’ प्रमुख गुरौले भने, ‘स्थानीय तहसँगको समन्वयमा जाँचको काम भइरहेको छ ।’ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बोलाएर शङ्कास्पद व्यक्तिमा कोरोना जाँच्ने गरिएको छ । किटको प्रयोग गरेर गरिने दु्रत जाँच (र्यापिड टेस्ट) को रिपोर्ट १५ मिनेटमै आउने गरेको छ । पोजेटिभ रिपोर्ट आएमा पुनः स्वाबसमेत सङ्कलन गरेर थप पुष्टिका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइने छ ।
यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङका स्वास्थ्य प्राविधिकलाई दु्रत जाँचसम्बन्धी प्रयोगात्मक अभिमुखीकरण प्रदान गरेको थियो । सरकारले दुई सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी दु्रत जाँच गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती र वडा नं ३ की ६५ वर्षीया महिला अहिले धवलागिरि अञ्चल अस्पतालमा उपचाररत छन् ।
दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । युवतीमा यही चैत १५ गते र महिलामा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको विमानबाट चैत ४ गते नेपाल आएका थिए ।
यसैबीच, ६५ वर्षीया महिलामा गरिएको कोरोनाको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि १९ वर्षीया युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको थियो । लगातार २ पटक कोरानाको नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामीलाई अस्पतालबाट घर पठाइने चिकित्सकले बताएका छन् । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: