Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

घरको पानी ट्याङ्कीभित्र लुकाएका चोरीका गहनासहित बाबुछोरा पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

कारागार नजिकै रहेको सुनचाँदी पसलबाट गएराति पाँच वटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवन गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नतेले जानकारी दिए ।

गुप्ताले घरको छतमा रहेको पानी ट्याङ्कीभित्र लुकाएका अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । सुनचाँदी पसलका सञ्चालक वर्माका अनुसार रु १० लाख जतिका गहना चोरी भएको छ ।

कारागार जाने बाटो चोकमा ठेला राखी फलफूल तथा तरकारी बिक्री गर्दै आएका निज पप्पुमाथि यसअघि पनि लागुऔषधसम्बन्धी सार्वजनिक अपराधमा मुद्दा चलेको बताइएको छ । यस्तै उपमहानगरपालिकाकै फूलबारीमा पाँच जनाको घरबाट पनि पानी तान्ने मोटर चोरी भएको बताइएको छ ।

एक सय थान पिपिई हस्तान्तरण

कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि भन्दै एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एनएमबी बैंक कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्तरुपमा १०० थान पिपिई हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान आरम्भ गरेको बताइएको छ । सामाजिक उत्तरदायित्वअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको एनएमबी बैंक धनगढी शाखा प्रबन्धक जोशीको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies