Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

यमनमा युद्धविरामको घोषणा

एजेन्सी । साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।

पश्चिमा सैन्य शक्तिले समर्थन गरिरहेको सो गठबन्धन हुथी विद्रोही विरुद्ध सन् २०१५ को मार्च महिनादेखि युद्ध लडिरहेको छ।
हुुथी विद्रोहीले भने युद्धविरामका बारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

गत महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले यमनमा लडिरहेका पक्षहरूलाई युद्धविराम गरेर कोरोना भाइरसको सम्भावित प्रकोपसँग जुध्नका लागि कदम चाल्न आग्रह गरेका थिए ।

उनले देशका सबै युद्धरत पक्षलाई देशव्यापी रुपमा युद्ध मत्थर बनाउँदै लैजानका लागि आफ्ना विशेष दूत मार्टिन ग्रिफिथ्ससँग काम गर्न समेत आह्वान गरेका थिए ।

ग्रिफिथ्सले युद्धविराम घोषणाको स्वागत गरेका छन् । उनले भने, ‘सबै पक्षले यो अवसरको उपयोग गर्नुपर्छ र युद्ध अविलम्ब रोक्नुपर्छ।’

युद्धविरामबारे छलफल गर्न दुवै पक्षले भिडिओ कन्फेरेन्समा भाग लिने विश्वास गरिएको छ । सो छलफलमा हवाइ, जमिन र जल सबैतिर युद्ध रोक्ने विषयमा प्रस्ताव गरिनेछ ।

साउदी नेतृत्वको गठबन्धनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यमनका लागि संयुक्त राष्ट्रसंघका दूतले यमनी जनताको पीडा कम गर्नका लागि गरिरहेका प्रयासलाई सफल पार्न र कोरोना भाइरसको महामारीसँग जुझ्न र यसको रोकथामका लागि गठबन्धनले दुई साताका लागि बृहत् युद्धविरामको घोषणा गरेको छ।’

यमनको अवस्थालाई लामो समयदेखि विश्वकै खराब मानवीय संकटका रुपमा ब्याख्या गरिदै आएको छ । यमन युद्धका क्रममा हजारौंको मृत्यु भसकेको छ भने एक करोडभन्दा बढी खाद्यसहित चरम संकटमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघले विगतमा पनि वार्ताको मध्यस्थता गरेको थियो । तर गठबन्धनले देशव्यापी युद्धविरामको घोषणा गरेको यो पहिलोपटक हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies