Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

विभिन्न सहकारीद्धारा विपन्न परिवारको लागि १ करोड ५० लाख सहयोग

झापा । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न रु एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई खानाखान समस्या भएको भन्दै स्थानीय तहसँग समन्वय गर्दै सहकारीले राहत सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् । जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालका अनुसार सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले मात्रै रु ५० लाखको सहयोग गरेको छ ।

प्रदेश नं. १ सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिसँगको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइमा बसेका र विपन्न परिवारको खाद्यन्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि पीपीई खरिद सहयोगका लागि रु ५० लाखको राहत कोष खडा गरिएको हो । सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहकारीले सहारा कर्मचारी मानवीय सहायता कोष’ बाट विपद्मा परेकालाई सहयोग गर्न रु ५० लाखको कोष खडा गरेको र सोही कोषबाट सहयोग गरिएको हो ।

त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरले रु १७ लाख, बिर्तामोडमा रहेका कर्णाली, सिम्रिक सहकारी संस्थाले रु आठ/आठ लाख र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु पाँच लाख नौ हजार, पूर्वी नेपाल सहकारी संस्थाले रु चार लाख तथा मेची सहकारी संस्थाले रु दुई लाख तीन हजार राहत कोषका लागि सहयोग गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष ढकालले बताए ।

कतिपय सहकारी संस्थाले सोझै खाद्यान्न सहयोग गरेका छन् । स्थानीय तहसँग समन्वय गर्दै झापाका १५ वटै स्थानीय तहमा सहयोग गर्ने दुई दर्जनभन्दा बढी सहकारी छन् अध्यक्ष ढकालले भने, “ अहिलेसम्मको तथ्याङ्कमा विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्न झापाका सहकारीले रु एक करोड ५० लाख सहयोग गरेका हुन् । रु एक लाख र रु ५० हजार सहयोग गर्ने धेरै सहकारी छन् ।”

घर चलाउन निब्र्याजी रकम

जिल्लामा रहेका दुई ठूला सहकारी संस्थाले आफ्ना सदस्यलाई निव्र्याजी सापटी रकम प्रदान गर्न शुरु गरेका छन् । घर खर्च चलाउन समस्या परेका सदस्यलाई दुई महिनासम्मका लागि रु पाँच/पाँच हजार सहकारीले निब्र्याजी दिन थालेको जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष ढकालले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies