काठमाडौ । सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त सङ्ख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।
नोभल कोरोना (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम सम्बन्धमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको आजको बैठकले यातायात आवागमनलाई कडाइ र निगरानी कायम राख्दै अत्यावश्यक खाद्यवस्तुको आपूर्ति व्यवस्थालाई नियमित गर्ने निर्णय गरेको छ । सरकारले जारी गरेको आदेशअनुरुप यातायात आवागमनलाई स्वाभाविक र सामान्य राख्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको उक्त बैठकले कोभिड–१९ नियन्त्रणका लागि चालेको कदमको समीक्षा गरेको थियो । यस रोग नियन्त्रण र रोकथामका लागि तत्काल आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री प्रचलित कानूनको अधिनमा रही छोटो र छिटो विधिबाट खरिद प्रक्रिया अघि बढाएको छ ।
सरकार–सरकारबीचको समन्वयमा त्यस्ता सामग्री प्राप्त गर्न स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा आवश्यक सङ्ख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत प्रक्रिया अघि बढाइएको छ । सरकारले स्वास्थ्य सेवा विभागबाट प्रतिस्पर्धाका आधारमा ल्याउने सामग्रीका लागि प्रक्रिया कायम नै राख्ने व्यवस्था मिलाएको छ । विदेशस्थित कूटनीतिक नियोगबाट पनि त्यस्ता सामग्री सहयोग प्राप्तिका लागि पहल हुने छ ।
कोभिड–१९ को सङ्क्रमणबाट मुलुकको जनजीवन र अर्थतन्त्रमा पर्ने असर मूल्याङ्कन गर्न राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको सचिव बिडारीले जानकारी दिए । सरकारले मुलुकमा हालको बन्दाबन्दी (लकडाउन)लाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय उडान स्थगित अवधि यही अप्रिल ३० गतेसम्म कायम राख्ने निर्णय गरेको पनि उनले जानकारी दिए । यसअघि उक्त समय अप्रिल १५ सम्मका लागि घोषणा गरिएको थियो ।
बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण गर्ने सन्दर्भमा बढी प्रभावको शङ्का गरिएको कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा शङ्कास्पद व्यक्तिको द्रुतगतिमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ । समितिले अन्य रोगको सङ्क्रमण रहेको डोटी, अछाम र जुम्लामा स्वास्थ्य उपचारसम्बन्धी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
एक लाख १४ हजारभन्दा बढीलाई राहत
हालसम्म कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनको स्थितिले अप्ठेरोमा परेका एक लाख १४ हजार ३१६ जनालाई सरकारले दैनिक अत्यावश्यक खाद्यान्नसहितको राहत उपलब्ध गराएको पनि सचिव बिडारीले जानकारी दिए। बन्दाबन्दीको स्थितिपछि विभिन्न मुलुकबाट नेपाल आएकासमेत गरी ३० हजार ५०६ अहिले विभिन्न क्वारेन्टाइनमा रहेका जानकारी दिइएको छ ।
आवागमनसम्बन्धी सरकारले जारी गरेको आदेशको अवज्ञा गर्ने दुई हजार ६०० नागरिकलाई नियन्त्रणमा लिएर सचेत गराएको तथा आदेश उल्लङ्घन गरी चलाइएका दुई हजार २३५ सवारीसाधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको पनि उनले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: