Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

अमेरिका । कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्यूयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका उनका परिवारले पछि उनी जीवितै रहेको जानकारी दिएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उनका दाजु ल्हाक्पायुला शेर्पाले निमाकोे मुटु चलिरहेको खबर आएको बताए । भाइको मुटु चलेको भन्ने खबर अस्पतालबाट आएको यसअघि आफूहरुबाट गलत सूचना दिएर गल्ती भएको स्वीकार गरेका छन् ।

‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृत्युको खबर साथीभाइ, आफन्त तथा शुभचिन्तकलाई आफैंले दिएका हौं’ निमाका दाजु ल्हाक्पाले भने–‘हामीले मृत आत्माको चीर शान्तिको कामना गर्दै पुजापाठ समेत सुरु गरेका थियौं।’

ल्हाक्पा शेर्पाले अस्पतालले निमालाई बचाउन नसकिएको खबर आफूहरुले पाए अनुसारनै हामीले उनको चीर शान्तिका लागि सबैलाई खबर गरेका थियौँ, उनले भनेका छन्, ‘हामीले दिएको जानकारी अनुसार नै शुभचिन्तकहरुले श्रद्धाञ्जली समेत लेखेका हुन्, हाम्रै गल्तीले यसो भएकाले यसलाई हामी अन्यथा लिँदैनौं ।’

आफूहरु पनि अस्पतालकै सूचनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधाप्रति क्षमायाचना गरेका छन् । उनले भनेका छन्, ‘हामी सबैले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरौं ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending