Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

लकडाउनपछि पोल्ट्री व्यवसाय मारमा

खोटाङ । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् ।

‘लकडाउन’का कारण हाल जिल्लाका ९÷१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष सुवास जोशीले जानकारी दिए । “दैनिक २० क्यारेट अण्डा र ३०० केजी मासु बिक्री हुने गथ्र्यो”, उनले भने, “दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको छ ।”

करीब १२ हजार वटा तयारी खुकुरा खोरमै राखिएको व्यवसायीहरुले बताएका छन् । अवधि पुगेको र मासुका लागि तयारी भइसकेको कुखुराले दाना मात्र खर्च गरिरहेको त्रिशक्ती पोल्ट्री फर्मका सञ्चालकसमेत रहका सङ्घका अध्यक्ष जोशीले बताए । सीमित अवधिभित्र उपयोग गरिसक्नुपर्ने अण्डा तथा मासुलाई लामो समयसम्म मौज्दातमा राख्दा खेर फाल्नुपर्ने अवस्था आउने सङ्घका अध्यक्ष जोशीले बताए । “सीमित अवधि भएका अण्डा खेर जाने अवस्था भएपछि कतिपय व्यवसायीले सस्तो मुल्यमा र कतिपयले आफन्त तथा छिमेकीलाई सित्तैमा दिने गरेका छन्”, उनले भने, “लकडाउन हाम्रो जीवनकै सवालमा छ, हाम्रो लागि हो । तर व्यवसायिक हिसाबले पोल्ट्री व्यवसायीलाई एकदमै तनाब बनाएको छ ।”

जिल्लामा हाल कुखुराका लागि दानाको पनि अभाव व्यवसायीहरुले बताएका छन् । ‘लकडाउन’को अवधिमा ढुवानीका सवारी साधन नचलेको तथा दाना उत्पादक उद्योग नै बन्द रहेकाले जिल्लामा दानाको समेत अभाव शुरु भएको रुपाकोट पोल्ट्री फार्मका सञ्चालक राम बजगाइँले बताए । व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ । यस्तै, करीब ४० दिनदेखि बजारमा पुर्याउनुपर्ने कुखुरा ६०–७० दिनभित्र बिक्रीवितरण गरि सक्नुपर्ने हुन्छ ।

अण्डाका लागि दिक्तेलमा करीब पाँच हजार लेयर्स कुखुरा पालिएका छन् । दिक्तेल बजारमा पालिएका लेयर्सबाट करीब दैनिक १९ काटन अण्डा उत्पादन हुने गरेको व्यवसायीहरुले बताएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies