Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्य उपकरण जीटुजी (सरकार–सरकारबीच सम्झौता) मार्फत ल्याउने भएको छ । चैत १६ को मन्त्रिपरिषद् बैठकले खरिद प्रक्रियाबारे निर्णय गरेको हो । मन्त्रिपरिषद्मा उक्त दिन औषधि तथा स्वास्थ्य उपकरण खरिदको जिम्मा पाएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) का विषयमा भने केही चर्चा गरिएको थिएन।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - वाणिन्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चैत १६ को मन्त्रिपरिषद् बैठकले औषधि तथा स्वास्थ्य उपकरण खरिद सरकार–सरकार सम्झौता (जीटुजी) मार्फत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको जानकारी दिए।

‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकारबाट सरकार (जीटुजी) विधिबाट खरिद गर्ने गरी निर्णय भएको छ’, मन्त्री भट्टले भने, ‘त्यसदिनको मन्त्रिपरिषद् बैठकमा ओम्नीसँगको सम्झौताका बारेमा के गर्ने भन्ने विषयमा केही चर्चा भएको थिएन।’

प्रधानमन्त्रीले आइतबारको मन्त्रिपरिषद् बैठकमा खरिद प्रकरणका गम्भीर चासो राखेका थिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा चौतर्फी आलोचना बढेपछि बुधबार ओम्नीसँगको सम्झौता रद्द गर्न निर्देशन दिएका थिए। ओलीको निर्देशनपछि स्वास्थ्य सेवा विभागले बुधबार ओम्नीसँगको सम्झौता रद्द गर्दै उक्त कम्पनीको ५ करोड धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको थियो।

विवादास्पद कम्पनीसँग गरेको सम्झौता, सामाग्रीको महँगो दररेट र सामाग्रीको विश्वसनीयतामाथि प्रश्न उठेपछि निर्णयबाट पछि हट्दै सरकारले बुधबार ओम्नीसँगको सम्झौता रद्द गरेको थियो।

स्वास्थ्य सेवा विभागले ओम्नीसँगको सम्झौता रद्द गर्दा बिहीबारबाटै छलफल गरी नयाँ सप्लायर्समार्फत फेरि खरिद प्रक्रिया सुरु गर्ने बताए पनि बिहीबार विभागले खरिद प्रक्रिया अगाडि बढाएको छैन। शुक्रबार अन्य औषधि सप्लार्यसलाई बोलाएर ल्याउन सक्ने सामग्रीबारे छलफल गर्ने तयारी विभागको छ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई पनि मन्त्रिपरिषद्को १६ चैतको निर्णय बिहीबार बिहान मात्रै जानकारी गराइएको थियो।

‘हामीले प्रक्रिया सुरु गर्न खोजेका थियौं, तर सरकारले अब जीटुजीमार्फत खरिद गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने जानकारी गराएकोले प्रक्रिया अगाडि बढाएनौं’, विभागका महानिर्देशक श्रेष्ठले भने।

सरकारले चैत १६ मै गठन गरेको उच्चस्तरको कोरोना­­–१९ क्राइसीस म्यानेम्जमेन्ट सेन्टर नामक टाक्सफोर्स (सीसीएमसी) ले स्वास्थ्य उपकरण खरिदका विषयमा बिहीबार नै नेपाली सेनासँग छलफल गरेको छ।

मन्त्रिपरिषद्को निर्णय बारे बिहीबार नै रक्षा मन्त्रालयले नेपाली सेनालाई पत्र पठाएर जानकारी गराइसकेको छ। औषधि तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा चौतर्फी विवाद आएपछि सरकारले त्यसबाट बच्न नेपाली सेनालाई जिम्मा लगाउन खोजेको हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending