भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले ३ करोड रुपैयाँको नगर विपद् कोष स्थापना गरेको छ ।
नगर कार्यपालिकाको आकस्मिक बैठकले रु तीन करोडको उक्त कोष स्थापना गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले आफ्ना नौवटै वडामा वडाध्यक्षको संयोजकत्वमा ५–५ लाख रुपैयाँको वडा विपद् कोषसमेत निर्माण गरेको छ ।
नगरपालिकाले वडामार्फत खाद्यान्न आपूर्ति, राहत व्यवस्थापन तथा वितरण कमिटी गठन गरेर कोरोनालगायतका विपद्बाट पीडितलाई राहत वितरण गरिने उनले जानकारी दिए ।
नगरप्रमुख श्रेष्ठका अनुसार नगर क्षेत्रभित्र एकद्वार प्रणालीमार्फत राहतका कार्यक्रम सञ्चालन गर्ने छ । त्यसैगरी नगरपालिकाको आकस्मिक बैठकले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण यस क्षेत्रमा फैलन नदिन नगरपालिका क्षेत्रभित्र मनाइने बिस्केटको सम्पूर्ण जात्रा एवं पर्वलाई पूजाआजामा मात्र सीमित गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले सबै वडामा स्वास्थ्यकर्मी र जनप्रतिनिधि खटाएर विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परीक्षण गरेको छ भने नगरपालिका भित्रका संवेदनशील क्षेत्रमा किटनाशक औषधिहरु छर्किएको छ ।
नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमण रोगको उपचार गर्न सम्पूर्ण तयारी पुरा गरेर २४ सै घण्टा चिकित्सकसहितको स्वास्थ्यकर्मी एवं आइसोलेटेड एम्बुलेन्स तयारी अवस्थामा राखेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
चाँगुनारायणमा आपतकालीन कोष
यस्तै, चाँगुनारायण नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रु दुई करोड ५० लाखको आपतकालीन कोष खडा गरेको छ ।
नगरपालिकाले तत्काल कोषका लागि ३० लाख रुपैयाँ जम्मा गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
नगरपालिकाबाट रोकथाम, पूर्वसतर्कता, नियन्त्रण र राहतका लागि २ करोड ५० लाख रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय भएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।
नगरपालिकाले नगरभित्रका जनप्रतिनिधिहरुको २ महिनाको सेवा सुविधावापतको रकम, नगरभित्रका सबै शिक्षक र कर्मचारीको १५ दिनको तलब, प्रदेश तथा सङ्घीय सरकारबाट प्राप्त हुने रकम र नगरभित्र सञ्चालित उद्योग, कलकारखाना, विद्यालय, सहकारी, व्यवसायी एवं सङ्घसंस्थाले प्रदान गर्ने रकमलाई कोषमा जम्मा गरी २ करोड ५० लाख रुपैयाँ पुर्याउने भएको हो ।
त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि नगरप्रमुख मिश्रको संयोजकत्वमा उपप्रमुख विना बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिना, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल र विपद् व्यवस्थापन फोकल पर्सन सिद्धान्त न्यौपाने सदस्य रहेको द्रुत कार्यान्वयन समिति गठन गरेको छ । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: