Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पत्रकार राजेन्द्र बानियाँको पूर्वराजा ज्ञानेन्द्रलाई खुला–पत्र – तपाईं व्यापारीबाट राजा बन्देको भए !

काठमाडौं । चर्चित पत्रकार तथा टेलिभिजन प्रस्तोता राजेन्द्र बानियाँले पूर्वराजा ज्ञानेन्द्रलाई खुल्ला पत्र लेख्दै उनको भूमिकालाई एक पटक सम्झाएका छन् । बानियाले ज्ञानेन्द्र शाह व्यापारीबाट राजा नबन्दा देशमा निकै असजता आएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रलाई पत्र लेख्दै उनको भुमिकाको नागरिकले खोजी गर्न थालेको बताएका छन् ।

पत्रकार बाानियाँले पूर्वराजा ज्ञानेन्द्रलाई सम्बोधन गरि लेखेको खुला–पत्र

पुर्ब राजा ज्ञानेन्द्र शाहलाई मेरो चिठठी,

पुर्वमहाराज तपाईं र मेरो निवास नजिकै छ तर, भेट हुँदैन। म कहिले काहीं घरको छतबाट तपाईंलाई देख्छु र के छ हालखबर भनेर सोध्नुपर्ला भनेर छतमा उक्लिन्छु पनि । तपाईँले मलाई टीभीमा देखेर चिन्नु भाकै छ होला भन्ने भ्रममा छु । मैंले त २००७ सालदेखिको इतिहासमा तपाईँलाई चिनेकै छु, मात्र तपाईँले गद्दी छाडेको दिन तपाईँको गद्दीमा बसेर सेल्फी खिच्ने पत्रकारको भिडमा म थिइन । मलाई तपाईँको साच्चै माया लाग्छ । तपाईँलाई ४ बर्षमा राजा बनाइयो, तपाईँलाई थाहा नै थिएन किन बनाइयो ,किन हटाइयो ?

तपाईँलाई पन्चायत चलेको बेला खासै कसैले पुछेनन्,पुछ्न पनि परेन । तपाईं चुरोट,चियालगायतको व्यापारमा लाग्नु भो, कतिले मुर्ती पनि मिसाएर विदेश तिर व्यापार गर्नुहुन्थ्यो भन्छन् । जब तपाईँका दाजुको वंशनाश भो, तपाईं फेरि चर्चामा आउनुभो ।

कतिले दार्इमारा भनेर पनि चर्चा गरे भने कतिले राजा ! तपाईले देश चलाउने मौका पाउँदा मन चौधरीको जस्तो व्यापारी,अनि इच्छा बाबू महेन्द्रको जस्तो महत्त्वकाँक्षी भएर चिप्लिनु भो । कम्तिमा दाजुको चार आना जमिन आफ्नो नाममा ल्याउने लोभ नगरी देश नै मेरो सम्पती अनि देशबासीनै मेरा सन्तान भनेको भए तात्कालिन सात दल बदामका ग्राहक हुन्थे,अनि माओवादी श्रीलंकाका तमिल । तर उद्दण्ड भनिएका पुत्र पारसको मोह धृतराष्ट्रका लागि दुर्योधन जस्तो भो ।

तर सलाम छ पुर्ब राजा, २४० बर्षको बिरासत छोड्दा पनि तपाईं हाँस्दै जानू भो । तपाईँलाई यतिभन्दा फुट्दा तपाईँले फुटाइदिएको र जुट्दा आफै भन्ने पुर्ब मण्डलेहरुलाई म पन्च र राजाबादी लाग्ला । अनि क्रान्तिकारीको नाममा जनता रुवाउन पल्केकालाई म प्रतिगमनकारी लाग्ला । म कम्तिमा पनि तपाईँको निरंकुश चरित्रको विरुद्ध सडकमा निस्केको सचेत नागरिक हो । भ्रममा नपर्नु होला ।

पछिल्ला दिनमा तपाईं मन्दिर डुल्दा र डिस्कोमा टोपी लाएर रास्ट्रबादी बन्दा मलाईँ तपाईँमाथी धिक्कार लागेको थियो । नेपाली आमाले नेता र राजा जन्माउने कोख एउटै रहेछ भन्ने पनि लाग्या थियो । धेरै हिजोका हात्तीछाप आजका बेन्ट्ले नेता र तपाईं उस्तै लागेको थियो । मलाई त नेताहरु जस्तै तपाईं पनि कोभिड–१९ भएर या आशंकामा आइसोलेसनमा बसेकाले अनुहार देख्न नपाइएको होला जस्तो पनि लाग्या थियो ।

तर पुर्वराजा, बीपी प्रजातन्त्रका घाती थिए भन्छन्, मलाई थाहा छैन । उनलाई इन्दिरा गान्धीले घोक्राउने भएसी राजासँग घाँटी जोडिएको छ भनेर ३३ सालमा नेपाल आएका हुन् तर उनले राजा कम्तिमा नि रास्ट्रलाई माया गर्छन् भनेका थिए । हो रहेछ ।

प्रियपूर्व राजा, हिजै व्यापापारीबाट राजा बन्देको भए हामीलाई यस्तो नेता धनी र जनता गरिब हुने गणतन्त्र चाहिएको नै थिएन । हामीलाई एउटा राजाको ठाउँमा रजौटा चाहिएको नै थिएन । हामी यी दर्जनौलाई अर्बौं दिनु सट्टा तपाईलाई खुशी खुसी महिनाको चार करोड दिन्थ्यौ । आज तपाईले कोरोनाले रोइरहेका गरिबलाई २ करोड दिने भनेर फेरि नेता भन्दा माथी हुनु भाको छ। मलाई मैले भात खुवाएको आज भुजा खाने, हिजो चप्पलको तुना फेर्ने आज बतननै फेर्ने, हिजो जनै नलगाउने आज हिराको हार लगाउने,हिजो हिड्दा खुट्टा फुट्ने आज ८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो पुर्ब राजा ।

उहीँ तपाईको भलो चाहने,
रास्ट्रवादी
बालाजु,माछापोखरी ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: