Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

सर्वदलीय विपत् कोषबाट भरतपुर अस्पताललाई ५० सेट पिपिई

चितवन । सर्वदलीय विपत् राहत कोष चितवनले भरतपुर अस्पताललाई आज ५० सेट पिपिई उपलब्ध गराएको छ । राहत कोषको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, तत्कालीन राप्रपाबाट कोषमा प्र्रतिनिधित्व गर्ने बद्री तिमिल्सिनाले सो सामग्री नेपाल चिकित्सक सङ्घमार्फत भरतपुर अस्पताललाई प्रदान गरेका हुन् ।

राहत कोषका तर्फबाट उपलब्ध पिपिई ग्रहण गर्दै भरतपुर अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले विपत्को समयमा चिकित्सकलाई आवश्यक सुरक्षाका सामग्रीको सहयोग गरेकामा कोषप्रति धन्यवाद प्रकट गरे ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबैको सहयोगले जोखिमसँग लड्न सहज हुने बताए । कोषको तर्फबाट नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भरतपुर अस्पतालमा कोरोनाका बिरामी धेरै आउने र चिकित्सक, स्वास्थ्यकर्मी उपचारमा डराउने गरेको भन्दै मनोवल उच्च बनाउनका लागि पिपिई सहयोग गरिएको बताए । कोषमा रहेको रु दुई लाख रुपैयाँबाट ती सामग्री खरिद गरेर हस्तान्तरण गरिएको उनले जानकारी दिए । जिल्लाका राजनीतिक दलसँगै विभिन्न सङ्घसंस्थाको पहलमा यसअघि विपत्का समयमा सङ्कलन गरी वितरण गरेर बाँकी रहेको रकम सहयोग गरिएको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending