काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख २६ हजार ३१२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।
चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन् ।
हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगबाट पाँच हजार ४७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार १३८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार सात हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ६८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६८५ जना सङक्रमित रहेका छन् । सात हजार ९१३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण ४५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने १७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ६७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङक्रमित रहेका छन् । एक हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १११ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ९६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार १६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । सात हजार ७२४ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण २८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६८३ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २०४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ६१९ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४०१ सङ्क्रमित भएका छन् । यसैबीच ३४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: