Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कोरोना भाइरसको कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको काम स्थगित

भरतपुर । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ ।

फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो ।

फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रङ्गशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशनबमोजिम २५ जना भेला हुन नपाइने भएकाले निर्माणको कामलाई तत्कालका लागि स्थगन गरिएको उल्लेख छ ।

फाउण्डेशनको विज्ञप्तिमा विश्व कोरोनाको त्रासले आक्रान्त भएको अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनासमेत प्रभावित भइरहेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अछुतो रहने कुरै भएन भन्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कामलाई तीव्रताका साथ अघि बढाइरहेका थियौँ, कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रङ्गशाला प्रवेशमा रोक लगाउनुका साथै कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्ने र ह्याण्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौँ । कोरोना सङ्क्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौँ ।’

रङ्गशाला निर्माणको काम अझै तीव्रगतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकाले रङ्गशालामा कामदार मात्रै साढे दुई सयभन्दा बढी भएकाले पनि काम स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ । मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रङ्गशाला निर्माणको काम केही समय ९सामान्य अवस्था नहुन्जेलसम्म० स्थगन गर्ने निर्णयमा पुगेका छौँ ।’

जनस्तरबाट निर्माण हुने यस रङ्गशालामा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी अपनाउन धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले आग्रह गरे । जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला गएको वर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता भई निर्माण घोषणा गरिएको थियो ।

विस्तृत गुरुयोजना तयार हुनुअगावै फाउण्डेशनले प्रारम्भिक चरणका काम (कम्पाउण्डिङ, साइट क्लिरयन्स, साइट अफिस, गोदामघर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मङ्सिर अगाडि नै सम्पन्न गरिसकेको कट्टेलले बताए ।

डिपिआर तयार भई यही मङ्सिर १ गतेदेखि उक्त गुरुयोजनाअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम शुरु गरी चार महिना आठ दिनमा सात क्रिकेट कालोपत्र भएको खेल मैदानको ८५ प्रतिशत काम र प्यारापिट संरचनाको तयारीस्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending