Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

आफ्नो भनाईको बचाउ गर्दै स्वास्थ्यमन्त्रीले भने, ‘समाचारको शीर्षक होइन् सबै अभिव्यक्ति हेर्नुहोस् !’

काठमाडौं । ‘क्वारेन्टनाईको व्यवस्था जनता आफैंले गर्नपर्छ, सरकारले गर्न सक्दैन’ भन्ने अभिव्यक्ति दिएसँगै विवादमा तानिएका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफ्नो भनाईंको बचाउ गर्दै शीर्षक नभई सबै भनाई हेर्न आग्रह गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले पत्रकारले शीर्षक गलत राखेर प्रचार गरेको भन्दै आफ्नो भनाईको बचाउ गरे ।

‘राष्ट्रिय युवा संघका साथीहरु ध्यानाकर्षण गराउनका निमित्त आठ बुँदे सुझाव लिएर आउँदा मैंले त्यो भनेको छु, त्यो सबैतिर सुरक्षित नै छ’, ढकालले भने, ‘पत्रकारको शीर्षक मात्रै हेर्नुभयो भने तपाईं एउटा निष्कर्षमा पुग्नुहुन्छ । भित्र भनेका अभिव्यक्तिलाई हेर्नुभयो भने त्यो कुनै कन्फ्युजनको विषय छैन् ।’

उनले चीनबाट केहि निश्चित मानिसलाई ल्याएर कारेन्टाइन राखेजस्तो देशभित्रका नागरिकलाई संक्रमण हुँदा व्यवस्थापन गर्ने सबालमा नहुने बताए । उनले आफ्नो भनाई पनि चीनसँगको उदाहरणबाट आएको बताए ।

उनले भने, ‘अहिले विश्व स्तरमा पनि भो, छिमेकी स्तरमा पनि भो, खुल्ला नाकाबाट पनि आउन सक्ने सबै खालको सम्भावना भएपछि यो आम रुपमा जनतालाई नै अपिल गरेर यसमा सावधानी अपनाउनु पर्छ भन्ने कुराको लागि गरिएको आह्वान नै हो ।’

गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्न नसक्ने बताएका थिए । उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफैं क्वारेन्टाइनमा बस्नुपर्ने बताएका थिए ।

‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ, अब सेल्फ (आफैँ) क्वारेन्टाइनमा बस्नुपर्छ डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्यो’ उनले भनेका थिए, ‘दिनैपिच्छे ज्वरो आको छ छैन भन्ने नाप्न सकिहाल्छ, कति दूरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौँ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: