Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारकोे तयारी यस्तो

धनुषा । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ । प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेशन वार्ड निर्माण गर्न काम अगाडि बढाएको जानकारी दिए ।

प्रदेश नं २ मा हालसम्म एक जनामा पनि कोरोनाको सङ्क्रमण नदेखिएको भए पनि पूर्वसतर्कताका लागि त्यस्तो वार्ड स्थापना कार्य अगाडि बढाएको उपनिर्देशक झाले जानकारी दिए । यसैगरी कोरोनाको सङ्क्रमण हुन नदिन सीमाक्षेत्रमा विशेष निगरानी बढाउने काम भएको छ । विभिन्न पालिकामा पनि हेल्थ डेक्स सञ्चालनको काम अगाडि बढाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतबाट आइरहेका दुई युवालाई धनुषाको सिमानामा पर्ने भारतको जयनगरमा भारत सरकारले राखेको कोरोना हेल्थ डेक्सले शङ्काका आधारमा मधुबन्नी जिल्लाको सदर अस्पतालमा लगेर जाँच गराउँदा नेगेटिभ रिपोर्ट पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कँडेलले भने, “यद्यपि भारतमा कोरोनाको सङ्क्रमण देखापरेको र खुला सिमाना भएका कारणले सीमाक्षेत्रमा निगरानी बढाउने काम भएको छ ।” त्यसैगरी कोरना भाइरसबाट सतर्कता अपनाउनका लागि नै सरकारी विद्यालयमा शनिबारदेखि नै दुई चरणमा गरेर भए पनि ६ गतेसम्म वार्षिक परीक्षा सक्ने गरी परीक्षा शुरु भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending