काठमाडौं । सामाजिक सञ्जालबाट चर्चित बनेका दिल निशानी मगरले महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई ‘बाँदर धपाउने मेशिन बनाउने थलो’ भनि टिप्पणी गरेपछि निकै विरोध छ । उनले गरेको टिप्पणी प्रति धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् ।
दिल निशानीले गरेको अपमानपूर्णं टिप्पणी प्रति महाविर पुनले पनि दुःख व्यक्त गर्दै उनलाई गाली नगर्न सामाजिक सञ्जालमार्फत अपिल नै गरेका छन् । दिल निशानी मगरले आविश्कार केन्द्रलाई ‘नाथे बाँदर धपाउने मेशिन बनाउने थलो’ भन्दै सके कोरोना भाइरसको उपचार गर्ने औषधी आविश्कार गर्न चुनौति दिएका थिए ।
दिल निशानीले गरेको चुनौतिपूर्णं टिप्पणीप्रति महाविर पुनले आफुँहरुलाई कोरोनाको औषधी पत्ता लगाउने अवसर भएपनि ल्याकत नहुने बताएका छन् । उनले विश्वका कयौं देशहरुले ठुलो धनराशी खर्च गर्दा नसकेको आविष्कार आफुँहरुले पत्ता लगाउने कुरा निकै चुनौतिपूर्णं हुने टिप्पणी गरेका छन् ।
दिल निशानीले गरेको टिप्पणीमा महाविर पुनले गरेको प्रतिक्रिया अहिले निकै भाइरल पनि बनेको छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले दिल निशानीको उटपट्यांङ्ग प्रश्न प्रति आलोचनात्मक टिप्पणी गरेका छन् ।
दिल निशानीको टिप्पणी
महाविर पुनले आविष्कार गर्न सक्छन् भने कोरोना भाईरसको औषधी आविष्कार गर्ने हो। आजको युगमा त्यो नाथे बाँदर धपाउने मेशिन बनाएर कोही आश्चर्य मान्ने छैनन्।
कृपया सम्पूर्ण नेपालीहरुले भाई दिल निसानी मगर लाई धेरै धेरै धन्यबाद दिनुहोस. किन भने भाईले युरोप तिरै बसेर गहिरो ध्यानदृष्टि गर्दा उनको तेस्रो आँखाले सारा नेपालीको कठोर परीश्रम र पसिना बाट बल्ल बल्ल बन्दै गरेको राष्ट्रिय आविष्कार केन्द्र लाई देखेछन । देखेको मात्र कहाँ हो र ? उनको अन्तरात्माले यस केन्द्रको क्षमता पनि अद्भुत नै भएको थाहा पाएछन् । अब केहि होला जस्तो छ ।
त्यसैले उनले अमेरिका, चीन, जापान, बेलायत, जर्मनी, कोरिया जस्ता थुपरै अति बिकसित भनिने देशहरुमा भएका र संसार कै ठुला ठुला युनिभर्सिटी र अनुसन्धान केन्द्रहरुमा संसार कै नामुद बैज्ञानिकहरुले बिगतको चार पांच महिना देखि अरबौं डलर खर्च गरि मरी मेट्दा पनि आविष्कार गर्न पटक्कै नसकेको कोरोना भन्ने मात्तिएको भाइरसको औषधीको आविष्कार गर्ने काम राष्ट्रिय आविष्कार केन्द्रले नै गर्नु पर्छ भनेर भाइले ठोकुवा गरिदिएका छन् । यो हाम्रो देशको लागि अत्यन्तै ठुलो भाग्य्को कुरा हो ।
यसरी हाम्रा दुई ओटा आँखाले प्रष्टै संग देखिने जाबो बाँदर र जंगली जनावर तर्साउने उपकरण बनाउनुको सट्टा शक्तिशाली सुक्ष्मदर्शक यन्त्रले पनि देख्न नसकिने पापी भाइरसको औषधि पत्ता लगाउने बरदान र अधिकार दिलदार भाई दिल निसानी मगरले कहिँ पनि केहि काम नपाएको म र राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्ने सबै भाई बहिनीहरुलाई दिएको हुनाले कृपया सम्पूर्ण नेपाली सहित कोरोना भाइरसले सातो उडाई दिएको बिश्व भारीका सम्पूर्ण ७ अर्ब मनुष्यहरुले धेरै धेरै नम्र सेवा ढोग गर्न हुन अनुरोध गर्दछु ।
कृपया कसैले पनि गाली गलौज पटक्कै नगर्नु होला किन भने हामी नेपालीहरुको भलो चिताउने महान व्यक्तिहरुलाई गाली गर्ने साह्रै नै नराम्रो बानी छ । सायद म पनि मगर नै भएको हुनाले दिल निसानी मगर भाईले मलाइ यस्तो कृपा गरेको पनि हुन सक्छ । धन्यबाद ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: