काभ्रे । एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण कारण कक्षा ११ र १२ को पटनपाठन समेत ठप्प भएको छ ।
क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘विद्यार्थीको भविष्यमाथि खेलवाड’ गरेको जनाउँदै क्याप्पस प्रमुखको राजीनामालगायतका माग राख्दै गत माघ २६ गते तालाबन्दी गरेको थियो । अनेरास्ववियुले प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेको केही दिनमा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि माघ ३० गते मूलगेटको तालाबन्दी खोलिएको थियो ।
विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच यही फागुन १३ गते भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । “क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि मूलगेटको मात्रै ताला खोलिदिएका थियौँ, एउटा वार्तामा मागबारे कुनै सम्बोधन भएन, अहिलेसम्म अन्य वार्ताको कुनै जानकारी छैन, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौँ”, अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने। उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण परीक्षा बोर्डले स्नातक तहमा ती विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने जनाएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।
क्याम्पस प्रशासनले सञ्चालक समितिको अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको थियो । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो ।
क्याम्पसलाई लापरवाहीका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण क्याम्पस प्रमुख केजी बैदारको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै तालाबन्दी गरिएको पराजुलीले बताए । साथै विज्ञप्तिमा पीडित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई ‘रेष्टिगेट’को डर, धम्की दिने प्राध्यापक/शिक्षकलाई कारवाही र निष्काशन गर्नुपर्ने, क्याम्पसले आप्mनो प्रचार सामग्रीमा उल्लेख गराएअनुसार विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न पनि माग गरिएको छ ।
क्याम्पसप्रमुख बैदारले आफूलाई क्याम्पसका कुनै पनि विभागमा तालाबन्दी भएको विषयमा जानकारी नभएको बताउँदै आएका छन् । उनले केही ‘बाहिरी तत्व’ले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्वत् ढङ्गले नै कक्षा ११ र १२ को अध्यापन भएको जिकिर गरे । विभिन्न सङ्कायमा करिब एक हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ विद्यार्थीले फरक विषयको परीक्षामा सामेल गराइएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: