काठमाडौं । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३८ को उपधारा (४)मा महिलालाई राज्यका सबै निकायमा समानुपातिक सहभागिताको हक हुने कुरा उल्लेख छ । तर यो नीतिमा मात्रै छ तर कार्यान्वयन भने छैन् ।
नेपालको संविधानले राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला सहभागिताको कुरा सुनिश्चित गरेको छ । तर आधा हिस्सा ओगट्ने महिलाको सहभागिता भने नीतिमा मात्रै देखिन्छ ।
ऐतिहासिक मानिएको कम्युनिष्ट नेतृत्वको सरकारमा पनि महिलाको सहभागिता सन्दर्भ अत्यन्तै कमजोर अवस्थामा छ । जसको अर्थ शब्दमा समानता तर व्यवहारमा विभेद कायमै भएको प्रष्ट हुन्छ ।
सरकार गठनको संरचनालाई हेर्दा पनि महिलामाथि निकै विभेद गरिएको देखिन्छ । नेकपा नेतृत्वको संघीय सरकारमा १३ प्रतिशत मात्रै महिला मन्त्री छन् भने प्रदेश सरकारमा साढे १४ प्रतिशतको मात्रै सहभागिता छ । सँगै महिला मन्त्रीको जिम्मेवारी कमजोर मानिने मन्त्रालयमा छ ।
संघीय सरकारकै मन्त्रीपरिषदमा नगन्य महिला
करिब दुईतिहाई बहुमतसहित गठित नेकपा नेतृत्वको संघीय सरकारमा महिला सहभागिताको विषय नगन्य जस्तै छ । २३ सदस्यीय मन्त्रिपरिषदमा ३ जना मात्रै महिला मन्त्री छन् । महत्वपूर्ण मानिएका मन्त्रालयमा भने महिला मन्त्रीले जिम्मेवारी पाएका छैनन् ।
संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा पनि पुरुष छन् । अहिले महिला बालबालिका मन्त्रालयको जिम्मेवारीमा पार्वत गुरुङ्ग छन् ।
तीन जनामध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा पद्याकुमारी अर्याल, खानेपानी मन्त्रालयको जिम्मेवारीमा बीना मगर, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा डा. शिवमाया तुम्बाहाङ्फे छिन् । डा. शिवमाया तुम्बाहाङ्फे समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै उपेन्द्र यादवको ठाउँमा आएकी हुन् ।
प्रदेश सरकारमा कतै शुन्य कतै नाममात्रै
नेकपा नेतृत्वको संघीय सरकारमा मात्रै होइन् प्रदेश सरकारहरुमा पनि महिला सहभागिताको कुरा नीतिमा मात्रै सीमित छ । बागमती प्रदेश सरकारमा त महिलाको प्रतिनिधित्व नै छैन् । ६ सदस्यीय बागमती प्रदेश सरकारको मन्त्रिपरिषदमा महिलाको संख्या शुन्य छ ।
९ सदस्यीय प्रदेश १ को सरकारमा १ जनामात्रै महिला मन्त्रीले जिम्मेवारी पाएकी छिन् । राजपा र समाजवादी गठबन्धनबाट निर्माण भएको प्रदेश २ मा २ जना महिलामन्त्री छन् ।
गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा १/१ महिला मन्त्रीको सहभागिता छ । ७ सदस्यीय सुदुरपश्चिम प्रदेशको मन्त्रिपरिषदमा २ जना महिला मन्त्रीले जिम्मेवारी पाएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: