Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

डोल्पामा फैलिएको रोग कोरोना नभई मौसमी रुघाखोकी

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना काठमाडौ‌ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रबार बेलुकी मात्रै रोगको पुष्टि भएको हो ।

गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा मेलिना हमालले जानकारी दिए । “शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरु बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ”, डा हमालले भने ।

“सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौँ ।” अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको डा हमालले बताए ।

पाँच जना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ । बिरामी स्वस्थ भएर पनि पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन् । दैनिक औषधि खाएपछि आफूहरु पहिलाको जस्तै स्वस्थ भएको एक सातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताए ।

सरसफाइमा ध्यान नदिँदा गाउँभरिका सबै मान्छे बिरामी परेको स्वास्थ्यकर्मीले बताएकाले अबदेखि सधैँ आफू, आफ्नो परिवार, घर आँगन, गाउँघर सफा राख्ने बोहोराले बताउनुभयो । आफूहरु सञ्चो भएर पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उनले बताए ।

दुई सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा मेलिना हमालले बताउनुभयो । चार÷पाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थ्यकर्मी फेरि गाउँ पुग्ने बताइएको छ । उपचारका क्रममा १५० जनाबाहेक ४० जना बिरामीको जाँच गर्दा १० देखि १५ जना महिलामा पाठेघरको समस्या देखिएको र धेरैलाई पिसाबको समस्या देखिएको डा हमालले बताए।

करेलीकाँडाका स्थानीयलाई मास्क लगाउन सिकाएको स्वास्थ्यकर्मीले बताएका छन् । स्थानीयवासीले रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने थाहा भए पनि यस्तो अवस्थामा खोक्दा वा हाछ्यँु गर्दा माक्स खोलेर गर्ने गरेको पाइयो डा हमालले बताए । अबदेखि रुघाखोकी लाग्दा मास्कले नाकसम्मै छोपेर खोक्ने र हाछ्यँु गर्ने सरफाइमा उत्तिकै ध्यान दिने, पानी उमालेर प्रयोग गर्ने, झाडापखाला लाग्दा झोलिलो पदार्थ खाने भनेर सिकाएको हमालले बताए।

करेलीकाँडाका स्थानीयलाई सरसरफाइसम्बन्धी त्यति ज्ञान नभएको स्वास्थ्यकर्मीले बताए । सरसफाइमा ध्यान नदिएकै कारण एकपछि अर्को गर्दै ५७ घरधुरी भएको गाउँभरि नै मौसमी रुघाखोकीको फैलिएको उनीहरुको भनाइ छ । “आफूहरुले सरसरफाइसम्बन्धी धेरै कुरा सिकाएका छौँ, यी कुरालाई ध्यान नदिए अब झाडापखालाको महामारी फैलन डर उत्तिकै छ”, स्वास्थ्य चौकी त्रिपुराकोटका अनमी लक्ष्मी न्यौपानेले भने ।

झाडापखाला मात्र नभई आँखा पाक्ने रोग फैलने सम्भावना पनि उत्तिकै रहेको स्वास्थ्यकर्मीले बताए । “बच्चाबच्चीलाई दिसापिसाब घरआँगनमै गराउने, ठूला मान्छेले पनि जथाभावी दिसापिसाब गर्ने, खोलाको पानी नउमालेरै पिउने, मासुजन्य वस्तु राम्रोसँग नपकाएरै खानेलगायतका कुरामा ध्यान नदिने गरको पाइयो ।” झाडापखाला लाग्दा के गर्ने के नगर्ने भनेर पनि सिकाएको न्यौपानेले बताए।

गाउँदेखि स्वास्थ्य चौकी डेड घण्टा टाढा भएकाले त्यहाँको स्वयंसेविकालाई तालीम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । “सामान्य सिटामोल, जीवनजल लिन पनि नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था छ, बिरामी पर्दा कसरी स्वास्थ्य चौकीसम्म पुग्न सकिएला, सिटामोल, जीवनजललगायतका सामान्य औषधि गाउँमै स्वयंसेविकाकै जिम्मा दिनुपर्छ, ताकि सामान्य औषधि लिन डेट घण्टा हिँड्न नपरोस्”, स्वास्थ्य चौकी त्रिपुराकोटका सिनियर अहेब शेरबहादुर कठायतले भने ।

करिब एक हप्ताको बसाइपछि स्वास्थ्यकर्मीले यहाँ महामारीको रुपमा फैलिएको सङ्क्रमण नियन्त्रणमा ल्याएका छन् । मौसमी रुघाखोकीका कारण गाउँ नै थला परेपछि स्वास्थ्य चौकी त्रिपुराकोटबाट सिनियर अहेब शेरबहादुर कठायत, अनमी लक्ष्मी न्यौपाने, प्रदेश अस्पतालका डा इन्द्रबहादुर थापा, जिल्ला अस्पतालका डा मेलिना हमाल र सारङ्गा रोकायको टोली रोगग्रस्त करेलीकाँडा पुगेको थियो ।

जिल्लाको विकट गाउँमा मौसमी रुघाखोकीले गाउँ नै थला परेको अवस्थामा यथाशीघ्र उपचारका लागि राज्यले ठूलो सहयोग गरेको स्थानीयवासीले बताएका छन् । “हाम्रो गाउँका लागि राज्यले हेलिकप्टरमा औषधिसहित डाक्टर पठायो, स्थानीय स्वास्थ्यकर्मी पनि पुगे, सयौँको सङ्ख्यामा रहेका बिरामीको उपचार सम्भव भयो”, वडा नं १ का सदस्य ज्ञानबहादुर बुढाले भने । गाउँको वास्तविक अवस्था समयमै बाहिर ल्याएर सबैको ध्यानाकर्षण गर्ने सञ्चारमाध्यम, त्रिपुरासुन्दरी नगरपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन, प्रदेश सरकार, सङ्घीय सरकार र विशेष गरेर स्वास्थ्यकर्मीप्रति बुढाले आभार प्रकट गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending