काठमाडौं । भन्सार कार्यालय सिर्सियाले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रने दाल, गेडागुडी, मरिच छोकडालगायत खाद्य वस्तु सुख्खा बन्दरगाह गुणस्तर प्रमाणीकरण कार्यालयमा जाँच नगरिकन छाड्दा उपभोक्ता मन्द विषको शिकार हुँर्दै गएका छन् ।
सो नाकाबाट दैनिक करिब ५०० मेट्रिकटन दाल, गेडागुडी, सोयोविन, मकैलगायतका खाद्य सामग्री नेपाल भित्रन्छ । सुक्खा बन्दरगाह कार्यालयले प्लान्ट क्वारेन्टाइन कार्यालयमा सामान्य जाँच गराई छाड्ने गरेकाले रङयुक्त यस्ता पदार्थ उपभोक्ताले खाँदा क्यान्सर जस्ता रोगको शिकार हुने गरेका छन् ।
भटमास तथा गेडागुडीमा माइक्रोटकसिन भन्ने रसायन पदार्थ मिसिएकाले यसको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका सूचना अधिकारी रवीन्द्र झाले बताए। उनले भने, “ती खाद्य पदार्थको विश्लेषण नगराई सामान्यरुपमा क्वारेन्टाइन गराएर छोडदा मानव स्वास्थ्यमा मन्द विषको प्रभाव पर्दै गएको छ ।”
खाद्य सामग्री खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा नपठाइ सुक्खा बन्दरगाहले क्वारेन्टाइन कार्यालयमा पठाउने गरेकाले वस्तुहरुको पूर्णरुपमा जाँच हुन नसक्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको विज्ञको भनाइ छ ।
सुक्खा बन्दरगाह कार्यालय सिर्सियाका सूचना अधिकारी जगदीश पूर्वेले शुरुदेखि नै खाद्य वस्तु क्वारेन्टाइन कार्यालयमा जचाउने गरेकाले त्यस्ता वस्तुको जाँचका लागि क्वारेन्टाइन पठाउने गरिएको बताए । खाद्य ऐन २०२३ अन्तर्गत सामानको खाद्य आयातनिर्यात गुणस्तर कार्यालयबाट जाँच गराई भन्सार पास गर्नुपर्नेमा क्वारेन्टाइनमा पठाएर सामान्य तरिकाले जाँच गरी पठाउने गरेकाले यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग उपभोक्ताको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: