क्याम्ब्रिज । डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले पनि अपेक्षित नतिजा ल्याउन नसकेपछि बिहीबार उम्मेदवारी परित्याग गरेको घोषणा गरेका छिन् ।
डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उहाँ एकमात्र महिला प्रतिनिधि थिइन् । अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन मात्र चुनावी प्रतिस्पर्धामा रहेकि छिन् ।
गत मङ्गलबार सम्पन्न चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेकामा दुःखी भएकी ७० वर्षीया सिनेटर वारेनले म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजस्थित निवासमा संवाददाताहरुसँग भने, “मैले राष्ट्रपतिका लागि चुनावी दौड स्थगित गरेकी छु । तर म प्रत्येक सङ्घर्षशील व्यक्तिहरुको पक्षमा निरन्तर कार्य गर्नेछु ।”
तर उनले राष्ट्रपतिको चुनावी दौडमा बाँकी रहेका दुई वयोवृद्ध व्यक्ति जो बाइडेन वा बर्नी स्यान्डर्समध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णयमा पुगिनसकेको बताइन्।
एमएसएनबीसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै सिनेटर वारेनले आफूले जो बाइडेनलाई अति सम्मान गर्ने तर उनीसँग धेरै विषयमा विमती रहेको बताए । उनले स्यान्डर्ससँग आफ्नो नजिकको सम्बन्ध रहेको र धेरै विषयमा मिलेर सहकार्य गरेको प्रतिक्रिया दिए ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने गरी कुनै पनि महिला छनौट हुन नसक्नु दुःखद भएको बताए । “अमेरिकी महिलाहरुले देशको सर्वोच्च पदका लागि अरु चार वर्ष कुर्नु पर्ने भयो ।”
मिनेसोटाकी सिनेटर एमी क्लोबुचरले पनि यसै साता उम्मेदवारी परित्याग गर्नु भएको थियो भने अरु दुई महिला सिनेटरहरु क्यालिफोर्नियाकी कमला ह्यारिस र न्यूयोर्ककी कस्र्टन गिलिब्रान्डले पनि केहीअघि नै उम्मेदवारी छाड्नु भएको थियो ।
महिला वा नारीवादी स्वरलाई दबाइएको हो कि भन्ने प्रश्नमा सिनेटर वारेनले भने, “महिलालाई माथिल्लो पद अझै दिनु हुँदैन भन्ने भ्रमपूर्ण मानसिकताले यसपटक पनि काम गरेको छ ।”
सिनेटर वारेनको घोषणाप्रति बाइडेन र स्यान्डर्स दुबैले ट्वीट गर्दै उहाँको प्रशंसा गर्नु भएको छ । बाइडेनले भनेका छन्, “सिनेटर वारेन मध्यम वर्गीय परिवारका पक्षमा खरो रुपमा प्रस्तुत हुने प्रतिभाशाली लडाकू थिए । उनले म्यासाचुसेट्स र वासिङ्टनमा गरेको सेवाले साँच्चिकै आममानिसको जीवनमा निकै भिन्नता ल्याएको छ ।”
“यस चुनावी दौडमा उनको आवाज अति नै जरुरी छ, र उनीसँग सिनेटमा मिलेर कार्य गर्नुको विकल्प छैन ।”
स्यान्डर्सले पनि सिनेटर वारेनले चुनावी प्रतिस्पर्धा आम अमेरिकीको जीवनलाई परिवर्तन गर्ने गरी विशिष्ट ढंगबाट अगाडि बढाएको स्मरण गर्दै अमेरिकी धनाढ्यले आम अमेरिकीको जीवनमा परिवर्तन ल्याउन न्यायपूर्ण योगदान गर्नुपर्ने, वासिङ्टनमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने, जलवायू परिवर्तनका विषयलाई सम्बोधन गर्नुपर्ने, विद्यार्थीको ऋणमोचन गर्नुपर्ने तथा महिलाको अधिकार संरक्षण गर्नुपर्ने जस्ता जल्दाबल्दा विषयलाई वारेनले उठाउनु भएको बताए ।
“उनी बेगर प्रगतिशील अभियानमा ठूलो धक्का लागेको छ ।”
अघिल्लो दिन न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले पनि चुनावी प्रतिस्पर्धा त्याग्नु भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वारेन र ब्लूमबर्गप्रति व्यङ्गमिश्रित ट्वीट गर्दै वारेनका कारण बर्नी स्यान्डर्सले म्यासाचुसेट्स, मिनेसोटा र टेक्सासको चुनाव हारेको र त्यसै कारण अब उहाँ अन्तिम चुनावी दौडमा पनि पराजित हुने सम्भावना बढेको बताएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: