Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रधानमन्त्री ज्यू, राहत दुरुपयोग गर्नेलाई खोइ जेल हालेको ?

\"koirala_rahat\"२४ असार, काठमाडौं । प्रधानमन्त्री सुशिल कोईराला आफ्ना प्रत्येकजसो भाषणहरुमा ‘राहत सामाग्री दुरुपयोग भए जेल हाल्ने’ भन्न छोड्दैनन् । तर राहत सामाग्री दूरुपयोग भएका र विदेशी सहयोगको रेकर्ड नराखिएका घटनाक्रमहरु दैनिकजसो समाचार बन्ने गरेका छन् । यि सबै समाचारहरु कि सत्य छैनन् कि प्रधानमन्त्री कोइराला झुटो छन् । होइन भने कोही न कोही आजसम्म जेल पर्न पर्ने हो तर कोही परिरहेका छैनन् । सरकारले असार ७ गतेबाट राहात सामाग्रीका दिदैं आएको भन्सार छुट बन्द भएको जानकारी सार्वजनिक गरेको थियो तर आजसम्म पनि विभिन्न बहानामा भन्सार छुट भइरहेको छ । केही समय अघि रेडक्रसको लोगोमा दूरसेवा प्रदायक कम्पनी एनसेलले चिनबाट ठुलो परिणाममा सामान भित्र्याएको र भन्सार छलेको समाचार बाहिर आएको थियो । त्यो बारेमा सरकार आजसम्म पनि मौन छ भने छानविन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बेखबर जस्तै छ । भन्सार छुटका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र देशका प्रमुख व्यापारिक नाकामा अवस्थ्ति भन्सार कार्यालयहरुबाट अहिलेपनि दैनिक सामानहरु भन्सार छुटमा राहतका लागि भन्दै छुट्ने गरेका छन् । ति छुटहरुमा गृह तथा गृह माताहतका जिल्ला प्रशासन कार्यालयका प्रमुख र भन्सारका अधिकृतहरुको हात हुने गरेको छ । ति सामानहरु के छन् ? कसका लागि आएका हुन् र कता जान्छन् ? भन्ने विषयमा समेत सरकारसँग डाटा छैन । विदेशी सहयोगमा आएको सामाग्रीहरुको डाटा मात्रै होइन शहरी विकास मन्त्रालयमार्फत झिकाइएको त्रिपाल प्रकरणमा आजसम्म पनि सुनुवाइ भएको छैन । त्रिपाल प्रकरण के हो ? भ्रष्टचार भएको भए प्रधानमन्त्रीले खोई जेला हालेको ? नभएको भए जनतालाई किन स्पष्ट नपारेको ? अख्तियार समेत त्रिपाल प्रकरणमा मौन रहनुले यो काण्डलाई थप रहस्यमय बनाएको छ । अख्तियार जिल्लाका नायक सुब्बा र तल्लास्तरका कर्मचारीलाई फसाउँदै पूरुषार्थ देखाइरहेको छ तर राहात सामाग्रीको भएको भनिएको व्यापक अनियमितता र भ्रष्टचारको कुनै छानविन छैन । कुन मुलुक या संस्थाबाट कति सहयोग आयो र ति सहयोग कहाँ कसरी गयो ? भन्ने विषयमा सरकारले जनतालाई स्पष्ट नपार्नु, सरकारका थुप्रै मन्त्रीहरु राहात दुरुपयोगमा मुछिनु , प्रधानमन्त्री अनावश्यक ठाउँमा समेत जेल हाल्ने प्रसंगको कुरा गर्नुले सरकार कतै सामुहिक अनियमितता र भ्रष्टचारमा त छैन भन्ने आशंका जन्माएको छ । ४३ लाखका भाडाकुडा खोई ?  १३ वटा भन्सार नाकाबाट पूर्ण भन्सार छुटमा भित्रिएका राहत सामग्रीको सूचीमा ४३ लाखभन्दा बढी किचन सामग्री छन् । यी सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगमयतका विभिन्न भन्सार कार्यालयबाट नेपाल भित्र्याइएको हो। यसरी भित्र्याइएका सामग्रीमा कुकर, कराई, तावा, प्लेट, कचौरा, ग्लास, फ्राई पेन, चम्चा, जग, चक्कु, बाल्टी, काँटा चम्चा, डाडु, पन्यु आदि छन् । वैशाख १३ देखि जेठ २० गतेसम्म १३ वटा भन्सार नाकाबाट ४३ लाख ७६ हजार २ सय ३२ भन्दा बढी किचन सामग्री पूर्ण भन्सार छुटमा नेपाल भित्रिएको छ । राहत सामग्रीको मूल्य र राहत सामग्री कहाँ वितरण गर्ने भन्ने स्पष्ट खुलाएपछि मात्र भन्सार छुट दिने प्रावधान भए पनि अधिकांश किचन सामग्री ल्याउनेले न त मूल्य खुलाएका छन् न वितरण गर्ने स्थान। यि सामाग्री आजसम्म कतै बाँडिएको रेकर्ड छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies