Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

सिरिया युद्ध‍मा बम पड्केको सुन्दा हाँस्ने बालिकालाई टर्की लगियो

एजेन्सी । अब्दुल्ला मोहम्मदले आफ्नी छोरीलाई विस्फोटनको आवाज सुन्दा हाँस्न सिकाएका थिए । सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ।

सल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए।

गत महिना भाइरल भएको एउटा भिडिओका कारण उनी चर्चामा आएकी थिइन्।

त्यो भिडिओमा युद्धक विमानले बम आक्रमण गर्दा विस्फोटन भएको सुनेर उनी घरभित्र हाँसिरहेको देखिन्छ।

त्यसको एक हप्तापछि टर्कीको सरकारले ती बालिका र उनका अभिभावकलाई सीमा पार गरेर टर्की जान सहयोग गरेको बुझिएको छ।

लाखौँ विस्थापित
सिरियाली भूभागमा पर्ने इड्लिब प्रान्तमा विद्रोहीहरूको नियन्त्रण छ।

उक्त क्षेत्रमा टर्कीले सघाएको विद्रोही समूह र सिरियाली सेनाबीच भीषण युद्ध सुरु भएपछि गत डिसेम्बरयता झन्डै १० लाख मानिस भागेर सिरिया र टर्कीको सीमा क्षेत्र पुगेका छन्।

सल्वा र उनका पिता अब्दुल्ला मोहम्मदले हवाई आक्रमण झेल्ने अनौठो उपाय प्रयोगमा ल्याएका थिए। अब्दुल्लाले छोरीलाई विस्फोटन भएको सुन्दा हाँस्न सिकाए।

बच्चाहरूले पटका पड्काउँदा निस्किएको आवाज सुनाउँदै उनले त्यसरी पनि रमाउन सकिन्छ भनेर छोरीलाई विश्वस्त पारेका थिए।

उक्त भिडिओका कारण उनीहरूप्रति सहानुभूति बढ्यो र उनीहरूलाई त्यहाँबाट भाग्न सहयोग गर्न टर्की सरकारलाई अग्रसर बनायो।

गत फेब्रुअरी २५ मा उनीहरूले सिरियाको सीमा पार गरेको टर्की प्रवेश गरेको एनाडोलु समाचारसंस्थाले जनाएको छ।

त्यसपछि उनीहरूलाई टर्कीको दक्षिणी भेगमा अवस्थित एउटा शरणार्थी शिविरमा लगिएको बताइएको छ।

द गार्डीअन पत्रिकाकी संवाददाताले मङ्गलवार सल्वा र उनका पिताको तस्बिर ट्वीट गरेकी थिइन्।

\'जीवनमा पहिलो पटक उनी सामान्य कुरामा हाँस्न सक्छिन्,\' उनले लेखेकी छन्।
आफूहरूले भिडिओमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई सन्देश पठाउन खोजेको अब्दुल्लाले टर्कीका सञ्चारमाध्यमलाई बताएका छन्।

अब सल्वाले विद्यालय जाने अवसर पाउँछिन् भन्दै उनले टर्कीमा शरण पाएकोमा प्रसन्नता व्यक्त गरेका छन्।

\'मलाई आशा छ कि सिरियामा जारी द्वन्द्व चाँडै समाप्त हुनेछ र म सिरिया फर्किन पाउनेछु,\' एनाडोल समाचारसंस्थाले प्रकाशन गरेको समाचारमा अब्दुल्लालाई उद्धृत गरिएको छ।

टर्कीले अहिले नै ३७ लाख सिरियालीलाई शरण दिएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending