Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

नेकपाले चैतदेखि पार्टी सुदृढीकरण अभियान शुरु गर्ने

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले अगामी चैत १ गतेदेखि तीनमहिने पार्टी एकता सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । आइतबार परासीमा सम्पन्न पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह थप्न र जनतासँग सम्बन्धलाई थप मजबुत बनाउन अभियान सञ्चालन गर्न लागिएको नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारीले जानकारी दिए । “वडा तहसम्मै भेला, बैठक, प्रशिक्षण, सदस्यता अद्यावधिकलगायतका गतिविधि हुनेछन्, यसबाट कार्यकर्तामा उत्साह थपिनेछ्”, उनले भने ।

अभियानमा पार्टी एकता तथा सरकारले गरेका कामलगायत बारेमा पनि तल्लो तहका कार्यकर्तालाई जानकारी गराइने छ । जिल्ला कमिटीले अभियानलाई सफल बनाउन सातवटै स्थानीय तहका कमिटीलाई तत्काल बैठक सञ्चालन गरी आवश्यक तयारी थाल्न निर्देशन दिएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं ५ का सहइन्चार्ज बैजनाथ चौधरीले अभियान सफल बनाउनका लागि सम्पूर्ण पार्टी कार्यकर्तालाई परिचालन गर्न आग्रह गरे । उनले नेकपाको नेतृत्वमा रहेका तीन तहकै सरकारबाट भइरहेका जनहितका कार्यको पनि गाउँगाउँमा व्यापक प्रचार गर्न निर्देशन दिनुभयो । नेकपा प्रदेश नं ५ सङ्गठन विभाग प्रमुख भूमिश्वर ढकालले अभियानले पार्टी र सरकारको विषयमा फैलिएका भ्रम चिर्न कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।

बैठकले ६९ सदस्यीय जिल्ला सल्लाहकार परिषद् तथा ७३ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । सल्लाहकार परिषद्का संयोजकमा लीला लामिछाने र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकमा भीमराशि चौधरी रहका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies