Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाँड सेकिँदै, यी तीन जिल्लामा छैन डिपो

जाजरकोट । डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप जाजरकोट–डोल्पा सडकखण्डमा निर्वाध रुपमा सडकमा गुडिरहेकाछन्  ।

यातायातका साधन तुइनमा तारे पनि यस सडकखण्डमा इन्धनको डिपो नहुँदा दैनिक तुइनबाटै इन्धन भरिएका ड्रमहरु ओसारिँदै आइएको छ । सल्यानको सल्लीबजारमा मात्र रहेको इन्धनको डिपो जाजरकोट सदरमुकाममा समेत छैन । डिपो नहुँदा गाडी चलाउनका लागिसल्लीबजार अर्थात बजारमा राखिएको मिसावटयुक्त इन्धन प्रयोग गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् ।

गाउँ–गाउँमा सञ्चालनमा रहेका यातायातका साधन चलाउनका लागि मानिसले पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता रहँदै आएको छ । यसरी बोकेर ल्याइएको इन्धन रु २० देखि ३० सम्म महङ्गो पर्ने यातायात व्यवसायी नवराज सिंहले जानकारी दिए । व्यवसायीले ड्रम र जर्किनमा भरेको इन्धन गाडीमा प्रयोग गर्नको विकल्प नरहेको उनको भनाइ छ ।

तीन तहका सरकारको पहलमा जाजरकोट, रुकुम र डोल्पाका विभिन्न भागमा सयौँ किलोमिटर सडक निर्माण भई यातायातका साधन सञ्चालनमा छन् । जाजरकोट–डोल्पा, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्गसमेत जाजरकोटबाटै भएर जाने गर्दछ  । सडक निर्माणको काम पूरा भएपछि स्थानीय बासिन्दाको गाडी चढ्ने सपना त पूरा भयो तर इन्धनको चर्को मुल्यका कारण भाडादर चर्को हुँदा यात्रु मारमा पर्दै आएका छन् ।

गाउँमै गाडी चलाउन त पाइएको छ तर जीपमा प्रयोग हुने इन्धन नदी पार गराउन कम्ती सास्ती छैन । यातायात व्यवसायी धनबहादुर रावतले भने, “नदीमा गाडी जाने पुल छैन, ड्रममा बोकेको इन्धनले गाडी सञ्चालन गर्नुपर्ने बाध्यता छ, सडकको ट्र्याक खोल्ने क्रममा प्रयोग गरिएको इन्धन पनि तुइनबाटै नदीपारि पठाइएको थियो ।”

सडक निर्माण गरे पनि भेरी नदीमा पुल नहुँदा तुइनकै भरमा सबै काम हुँदै आएको छ । फलामको लहरोमा जोडिएको तुइनबाट गाडीदेखि इन्धन ओसारिँदै आइएको छ । यसरी वारपार गर्दा रु ५० हजारभन्दा बढी खर्च हुने गरेको छ । भेरी नदीको तुइनमा तीन वर्षअघि जीपहरु तारिएको थियो  ।

अहिले पनि दैनिक तुइनमार्फत यातायातका साधनदेखि अन्य सामग्री सारिँदै आइएको डोल्पा त्रिपुरासुन्दरीका धनबहादुर खत्रीले बताए । जाजरकोट, डोल्पा र रुकुम जिल्लामा सडक निर्माणको कामदेखि स्थानीय तह हुँदै जिल्लाका सरकारी कार्यालयमा प्रयोग हुने सबै इन्धनका बोकेर ल्याएर प्रयोगमा आइरहेको छ ।

तीन जिल्लामा छैन इन्धनको डिपो

जाजरकोट, रुकुमपश्चिम र डोल्पामा इन्धन प्रयोग गर्ने डिपो नहुँदा समस्य हुँदै आएको छ । सल्यानको सल्लीबजारमा रहेको नेपाल आयल निगमको डिपोबाट तीन जिल्लाको काम हुँदै आएको छ । सोही डिपोबाट खरिद गरी ल्याइएको इन्धन स्थानीय व्यापारीले पसलमा राखेर जोखिमपूर्ण तरिकाले व्यापार गर्दै आएका छन् ।

दुई वर्षअघि जाजरकोट सदरमुकामको बसपार्कमा इन्धन भण्डारण गरी राखिएको घरमा आगलागी हुँदा जनधनको ठूलो क्षति भएको थियो । त्यस्तै समय–समयमा इन्धन अभाव हुँदा यो क्षेत्रमा सञ्चालन हुने यातायातका साधनदेखि विकास निर्माणका कामसमेत ठप्प हुने गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending