Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

कोरोना भाइरस प्रकोप : सम्भावित महामारी विरुद्ध तयार रहन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

एजेन्सी । सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

कोरोनाभाइरसको प्रकोपलाई अहिले नै \'प्यान्डेमिक\' वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू ूतयारीको चरणमाू रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको हो।

स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड-१९को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ।

सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको छ।

ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ।

बहराइनका अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति विद्यालयका बस चालक हुन्।

यस्ताे छ विश्व स्वास्थ्य सङ्गठनको भनाइ

डब्लूएचओका प्रमुखले सोमवार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना निकै चिन्ताजनक रहेको बताएका छन्।

उनले भने- \'के यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना छरु पक्कै पनि छ। तर के हामी त्यहाँ पुगि सक्यौरु हाम्रो मूल्याङ्कनले भन्छ हालसम्म त्यस्तो भएको देखा परेको छैन।\'

विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकै पटक खतरा उत्पन्न गरायो भने त्यसलाई \'प्यान्डेमिक\' वा विश्वव्यापी महामारी भनिन्छ।

हालसम्म करिब ३० राष्ट्रमा उक्त भाइरसको सङ्क्रमण भएका १,२०० भन्दा बढी घटना पुष्टि भइसकेको छ भने २० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

इटलीमा सोमवार तीन जनाको मृत्यु भएको छ।

यो सँगै त्यहाँ कोरोनाभाइरसका कारण ज्यान जानेको सङ्ख्या छ पुगेको छ।

चीनबाट सुरु भएको भाइरसका कारण त्यहाँ हालसम्म करिब २६०० जनाले ज्यान गुमाएका छन्।

त्यस्तै चीनमा करिब ७७,००० मा उक्त भाइरसको सङ्क्रमण रहेको बताइएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies