Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

तातोपानी कुण्डको अनुसन्धान र प्रचारप्रसारमा जापानी नागरिक

म्याग्दी । प्राकृतिक चिकित्सालय मानिने म्याग्दीका तातोपानी कुण्डहरुको अनुसन्धान र प्रचारप्रसारका लागि जापानी अनुसन्धानकर्ता लागिपरेका छन् । दुई वर्षअघिदेखि सामुदायिक विकास तथा हरियाली आयोजनाका लागि म्याग्दीलाई कार्यक्षेत्र बनाउँदै आएका जापानी नागरिक सुन्य आवामुरा म्याग्दीमा रहेका तातोपानी कुण्डमा पुगेर खोज, अनुसन्धान र प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।

“सबै तातोपानी कुण्डमा पुग्न मलाई दुई महिना लाग्यो, यहाँको तातोपानीले मलाई जापान फर्किनबाट रोक्यो”, आवामुराले भने । परियोजनाको काम सकेपछि फर्किने तयारीमा रहेका आवामुराले तातोपानीमा उपचार गराइरहेका बिरामीले निको भएको बताएपछि यहाँका तातोपानी कुण्डहरुलाई जापानीमाझ चिनाउने बताए । उनले भने, “मेरी श्रीमती पनि पत्रकार हुन्, यस कार्यमा उनले पनि मलाई सघाइरहेकी छन् ।”

म्याग्दी जिल्लाका विभिन्न स्थानमा रहेका साना–ठूला सबै तातोपानी कुण्डको ‘प्रोफाइल’ बनाएर विदेशी पर्यटकलाई प्राकृतिक तातोपानी कुण्डमा आउने वातावरण बनाइरहेको आवामुराले बताए ।“म्याग्दी तातोपानीका कुण्डैकुण्ड भएको सुन्दर जिल्ला हो, प्राकृतिकरूपमा नुनिलो स्वादको तातोपानी निस्कने मुहानलाई चिनाउने प्रयासमा छु”, उनले भने ।

कृत्रिम तातोपानीमा नुहाउनेहरूलाई पहाडबाट निस्किएको प्राकृतिक तातोपानीले आकर्षित गर्ने उनको भनाइ थियो । तातोपानी कुण्ड जाने नक्सा, तातोपानीको महत्व तथा आसपासमा रहेका होटल, जैविक तरकारीलगायतका महत्वलाई समेटेर प्रचार साम्रगी तयार पारेका आवामुरा तातोपानी कुण्डलाई मात्रै प्रचार गरे पनि म्याग्दीमा बर्सेनि हजारौँ विदेशी पर्यटक ल्याउन सकिने बताए। “तातोपानी कुण्ड पर्यटकलाई हिराजस्तै हो, पूर्वाधार र राम्रो होटल बनाउनुपर्छ”, आवामुराले भने । उनले कुण्डको साम्रगी अङ्ग्रेजी र जापानी भाषामा तयार गरिरहेका छन् । जिल्लाभर धेरै तातोपानीको मुहान भए पनि आठ ओटाको प्रचारप्रसार साम्रगी बनाइरहेको उनले बताए ।

बेनी नगरपालिका–४ सिङ्गा र धवलागिरि गाउँपालिका–४ मुदीको बगरको तातोपानीले आफूलाई आकर्षित गरेको उनको भनाइ थियो । सिङ्गा तातोपानी बिरामीको उपचार र बगरको पर्यटकलाई केन्द्रित गर्न सकिने भए पनि जिल्लाभित्रका आठ स्थानमा रहेको कुण्डमा पूर्वाधारको कमी महसुस गरेको उहाँले जानकारी दिए । उनले पहिलो चरणमा एशियाली मुलुक हुँदै विश्वभर तातोपानी कुण्डको सन्देश पु¥याउने आफ्नो चाहना रहेको बताए ।

हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, चोटपटक लागेकोजस्ता स्वास्थ्य समस्या निको हुने सन्देशले विदेशीलाई लामो समयसम्म स्नान गर्न आउन सहज हुने उनको भनाइ थियो । “हिमालको काखमा तातोपानी कुण्ड विश्वभरका पर्यटकलाई नौलो हो, यहाँ हिरालाई पनि ढुङ्गाभन्दा कम महत्व दिइएको जस्तै लाग्छ”, उनले भने । आफ्नो अध्ययन तथा भ्रमणले जापानी साथीहरू घुम्न आउने योजना बनाइरहेको उनले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies