Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन

झिमरुक । प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले अघिल्लो शैक्षिक सत्रमा एसइई दिएका विद्यार्थीको नतिजा बिग्रिएपछि यो कार्यक्रम लागू गरेको हो ।

गणित र विज्ञान विषयमा डी र ई गे्रड लिएपछि नतिजा सुधार गर्ने योजनासहित प्यूठानमा पनि यो कार्यक्रम शुरु भएको हो । प्यूठानमा यही माघ ५ गतेदेखि यो कार्यक्रम शुरु भएको सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिए। जिल्लाका १० कक्षामा अध्ययनरत २० देखि माथि विद्यार्थी रहेका विद्यालयमा यो कार्यक्रम छनोट भएको छ ।

कार्यक्रममार्फत जिल्लाका ७२ विद्यालयमा गणित र ३७ विद्यालयमा विज्ञान विषयमा थप कक्षा सञ्चालन भएको हो । दिनमा डेढ घण्टा एउटा विषयको गरी दैनिक तीन घण्टा पढाइ हुने कार्यालय प्रमुख भुसालले बताए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले २० देखि ४९ सम्मका विद्यार्थी भएका विद्यालयलाई २० हजार, ५० देखि ९९ सम्म विद्यार्थी भएकालाई २८ हजार, १०० देखि १९९ विद्यार्थी सङ्ख्या भएको विद्यालयलाई ३८ हजार र २०० भन्दा माथि विद्यार्थी सङ्ख्या भएको विद्यालयलाई रु ५४ हजार दिनेछ । मन्त्रालयमार्फत ५२ दिन पढाइ हुनेछ ।

एसइई परीक्षा नजिकिएसँगै प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख भुसालले बताए। “अघिल्लो वर्ष गणित र विज्ञान विषयमा डी र ई ग्रेट ल्याएका विद्यार्थीले माथिल्लो कक्षा पढन समस्या भएपछि नतिजा सुधारका लागि यो कार्यक्रम ल्याएका हौँ”, उनले भने, “यसले पढाइलाई सुधार गर्न र गे्रड वृद्धि गर्न सहज बनाउनेछ ।”

नतिजा सुधार कार्यक्रममार्फत दुई विषयको थप कक्षा पढेका विद्यार्थीले डी प्लससम्म ग्रेड ल्याउन कार्यालयले शिक्षकलाई आग्रह गरेको छ । यससँगै विद्यार्थीले माथिल्लो कक्षा सहज रुपमा पढ्न पाउने छन् । थप कक्षा पढाउनका लागि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई समेत यो कार्यक्रमले थप टेवा पुर्याउने विश्वास लिएको कार्यालयले जनाएको छ ।

त्यस्तै रोल्पाका सामुदायिक विद्यालयमा पनि यो कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका ६१ विद्यालयमा गणित र ५२ विद्यालयमा विज्ञान विषय पढाइ भएको कार्यालय प्रमुख भुसालले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending