Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

थाईल्यान्ड गोलीकाण्ड : २१ जनालाई गोली हानी मार्ने सैनिक मारिए

एजेन्सी । थाईल्यान्डमा आफ्ना कमान्डरसहित २१ जनालाई गोली हानी मारेका एक सैनिकलाई सुरक्षाकर्मीले मारिदिएको प्रहरीले बताएको छ।

जक्रफन्थ थोम्मा नामक ती सैनिकले शनिवार आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेका थिए।

नकोन रात्चासिमा नगरमा भएको उक्त घटनामा ती सैनिकले त्यहाँस्थित एउटा किनमेल केन्द्रमा गएर पनि अन्धाधुन्ध गोली चलाएका थिए।

उनले विभिन्न सामग्री सामाजिक सञ्जालमा पनि हालिरहे। तर उनको उद्देश्य प्रस्ट भएको छैन।

के भयो किनमेल केन्द्रमा ?
आइतवार सबेरै थाईल्यान्डका जनस्वास्थ्य मन्त्रीले आफ्नो फेसबुकमा ती सैनिकलाई मारिदिएकोमा सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।

स्थानीय समय अनुसार बिहान ३ बजेतिर किनमेल केन्द्रमा सुरक्षाकर्मी घुसेपछि गोली चलेका आवाज आएका थिए।

केन्द्रमा लुकिरहेका ती हतियारधारी सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीमा एकजना सुरक्षाकर्मी मारिएको तथा दुईजना घाइते भएको बताइएको छ।

कैयन् मानिसहरूलाई किनमेल केन्द्रबाट सुरक्षित बाहिर निकालिएको थियो तर अझै कतिपयलाई त्यहाँभित्र बन्धक बनाइएको हुनसक्ने ठानिएको थियो।

स्थानीय समय अनुसार साढे ९ बजेतिर प्रहरीले बन्दुकधारी मारिएको पुष्टि गर्‍यो तर कारबाहीको विवरण भने खुलाइएको छैन।

यसअघि विवरणहरूमा ३२ वर्षीय ती बन्दुकधारी भवनको पछिल्तिरबाट भाग्न खोजेको जनाइएको थियो।

आत्मसमर्पण गर्न लगाउन उनको आमालाई पनि त्यहाँ लगिएको थियो।

के थियो घटना ?
शनिवार स्थानीय समय साढे ३ बजेतिर त्यहाँको सैनिक शिविरमा ती सैनिकले कमान्डरलाई मारिदिएपछि घटना सुरु भएको थियो।

सो स्थलमा ती कमान्डरका सासु तथा अर्का एक सैनिक पनि मारिए।

त्यसपछि ती व्यक्तिले हतियार चोरे अनि त्यहाँ रहेको गाडी चढेर भागे।

त्यसपछि उनले ठाउँठाउँमा जथाभावी गोली चलाउँदै गए।

सीसीटीभीको फुटेजमा उनी किनमेल केन्द्रभित्र राइफल उज्याउँदै पुगेको देखिन्छ।

घटनाकै बीचमा तिनले फेसबुकमा पोस्ट गरेर आत्मसमर्पण गर्नु पर्ला कि भनेर सोधेका थिए।

यसअघि उनले फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर ुअब मजा गर्ने समय आएकोु र ुकसैले पनि मृत्युलाई छल्न नसक्नेु भनेर लेखेका थिए।

फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending